२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेता नेम्बाङको स्वास्थ्यमा क्रमिक सुधार



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का सांसद वसन्तकुमार नेम्बाङको स्वास्थ्यमा क्रमिकरुपमा सुधार भइरहेको छ ।

ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा उपचाररत उहाँको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको उहाँका स्वकीय सचिव गणेश योङहाले जानकारी दिनुभयो । “उहाँ बोल्न खोजे पनि प्रस्ष्टसँग बोल्न सक्नुभएको छैन । उहाँले बोलेका कुनै शब्द मात्र बुझिन्छ”, योङहाले भन्नुभयो, “सांसद नेम्बाङको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।”

अस्पतालमा सांसद नेम्बाङको फिजियोथेरापी नियमित भइरहेको छ । डा गोपालरमण शर्माको नेतृत्वमा डा बाबुराम पोखरेल, डा प्रसन्ना कार्र्कीलगायतका चिकित्सकको समूहले उहाँको उपचार गरिरहनुभएको छ ।

नेकपा (एमाले)का केन्द्रीय सदस्यसमेत रहनुभएका नेम्बाङ पाँचथरबाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको हो । यही माघ १७ गते ताप्लेजुङ गएकाबेला उहाँलाई ‘ब्रेन स्ट्रोक’ भएपछि सोही दिन उपचारका लागि काठमाडौँ ल्याइएको थियो ।