५ आश्विन २०८१, शनिबार
,
Latest
मेयर बालेनले गरे सामुदायिक विद्यालयको अवलोकन : के भने ? (फाेटाेफिचर) एउटै नाउरको सिकार गर्न २३ लाख ! ‘दु:खीलाई दु:खले कहिल्यै नछोड्ने रहेछ’ तनहुँ, गोरखा र नवलपुरका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने डेढ करोडभन्दा बढी लागतमा बनेको पशु अस्पताल सञ्चालनमा आएन आज बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना दसैँको टीकाकाे शुभ साइत असोज २६ गते बिहान ११:३६ बजे प्रगति प्रतिवेदन मेयर बालेनलाई बुझाउदै बिदा भए प्रदीप प्रधानमन्त्री ओली न्युयोर्क प्रस्थान, भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता हुने वित्तीय संस्थालाई थप विश्वसनीय बनाउन जरुरी छः अर्थमन्त्री पौडेल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘तारक मेहता का उल्टा चश्मा’को ठूलो उपलब्धि, शोले पूरा गर्यो ४ हजार एपिसोड



अ+ अ-

एजेन्सी । भारतीय लोकप्रिय टिभी शो ‘तारक मेहता का उल्टा चश्मा’ मा अर्को उपलब्धि थपिएको छ । शोले आफ्नो ४०० एपिसोड पूरा गरिसकेको छ ।

शोको यो उपलब्धिले दर्शकमा यो शोको क्रेज कति छ भन्ने प्रमाण हो । सन् २००८ मा प्रशारण सुरु भएको सो शोले त्यसबेलादेखि निरन्तर दर्शकलाई मनोरञ्जन दिइरहेको छ । शो प्रति दर्शकको मायामा कुनै कमी आएको छैन ।

यो शो सुरुदेखि नै दर्शकमाझ निकै लोकप्रिय छ । यसमा दर्शकलाई भारतको सांस्कृतिक विविधता र परम्पराको पनि परिचय गराइन्छ । चाडपर्व जुनसुकै होस्, त्यसको रङ्ग यस कार्यक्रममा पनि देख्न सकिन्छ ।

यस शोको गोकुलधाम सोसाइटीसँग दर्शकहरु पनि निकै जोडिएका छन् । यही कारणले शोले सफलताको नयाँ आयाम छोएको छ । ४००० एपिसोडहरू पूरा गर्नु कार्यक्रमको लागि कोशेढुङ्गा मात्र होइन, यो दर्शकहरूको विश्वासको प्रमाण पनि हो ।

यस शोको सबैभन्दा ठूलो विशेषता यसमा विभिन्न संस्कृतिहरू देखाउनु हो । यो शो कस्तो सुन्दर समाज हुनुपर्छ भन्ने उदाहरण बनेको छ । वृद्धवृद्धा, युवा, बालबालिका, महिला सबै दर्शकको मनपर्ने यो शो हो । यो शो परिवार केन्द्रित छ । सामाजिक सञ्जालको यो युगमा दर्शकलाई परिवार नामक संस्थाको महत्व बुझाउन यस प्रकारको शोले महत्वपूर्ण भूमिका खेलिरहेको छ ।

‘तारक मेहता का उल्टा चश्मा’ ले आफ्नो सकारात्मक कथा कथनबाट दर्शकलाई निरन्तर मनोरञ्जन दिइरहेको छ । मनोरञ्जनका अलावा यी शोले समय समयमा हास्यव्यंग्यका साथसाथै सशक्त सामाजिक सन्देश पनि दिइरहेका छन् । यस शोका निर्माता असित कुमार मोदीले शोको सफलतामा भने, ‘चार हजार एपिसोड पूरा गर्नु ठूलो अनुभव हो । कार्यक्रमको यो सफलता सामूहिक उपलब्धि हो । हाम्रो टोली दर्शकहरु प्रति आभारी छ ।