काठमाडौं । सरकार र प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूहबीच तीन बुँदे सहमति भएसंगै आज ‘विप्लव’ आज सार्वजनिक हुँदैछन् । आज विशेष समारोह गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले समेत सम्बोधन गर्ने दुवै पक्षका वार्ता टोली संयोजकले बिहीबार जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
हिजो (बिहीबार) बिहान बालुवाटारमा वार्तामा रही विप्लव समूह र सरकारबीच ३ बुँदे सहमति भएको थियो । आज दिउँसो २ बजे विशेष समारोहमा प्रधानमन्त्री ओली र विप्लवले एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएको छ।
विप्लव समूहलाई केपी ओली नेतृत्वको सरकारले २०७५ फागुन २८ को मन्त्रिपरिषद् निर्णयले प्रतिबन्ध लगाएको थियो ।











