१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु

म्यान्मारमा सैनिक विद्रोहको वार्षिकोत्सवमा नागरिक अवज्ञा

म्यान्मारमा सैनिक विद्रोहको वार्षिकोत्सवमा नागरिक अवज्ञा
अ अ+ अ-

याङ्गुन । म्यान्यमारमा सैन्य विद्रोहको पहिलो वार्षिकोत्सवमा मानिसहरुले जुन्ता सरकारको आदेशलाई अवज्ञा गरेका छन् । जुन्ता सरकारले व्यवसाय सुचारु राख्न गरेको आदेशलाई अवज्ञा गर्दै मानिसहरुले आफ्नो व्यवसाय बन्द गरेका छन् र सडकहरु खाली बनाएका छन् । 

दक्षिणपूर्वी एसियाली मुलुकको संक्षिप्त लोकतान्त्रिक अन्तराललाई अन्त्य गर्ने र नागरिक नेत्री आङ सान सु कीलाई सत्ताच्यूत गर्ने जुन्ता सरकारले ठूलो मात्रामा जनविरोध र असन्तोषमाथि कारवाही सुरु गरेको छ । 

स्थानीय निगरानी समूहका अनुसार जनविरोध र असहमतिविरुद्धको रक्तपातपूर्ण कारवाहीमा जुन्ता सरकारले करिब एक हजार ५०० नागरिकको हत्या गरेको छ । मुलुकको स्वात विद्रोह विरोधी लडाकुहरूको नियन्त्रणमा छ ।

कार्यकर्ताहरूले वार्षिकोत्सवमा ‘मौन हड्ताल’ को आह्वान गरेपछि जुन्ताले मङ्गलबार पसलहरू खुला राख्न आदेश दिएको थियो।

तर एएफपीका अनुसार व्यापारिक केन्द्र याङ्गुनका सडकहरू बिहान १० बजेबाट खाली हुन थाले । दोस्रो ठूलो शहर मण्डले र दक्षिणी तानिन्थरी क्षेत्रमा यस्तै दृश्य दोहोरियो।

एक बासिन्दाले एएफपीलाई बताएअनुसार मण्डलेको प्रसिद्ध जेड बजार खुल्यो तर भीडभाड थिएन । 

“मेरो इलाका वरपर कोही पनि सडकमा निस्किरहेको छैन र सुरक्षा बलहरू गस्ती गरिरहेका छन्। म मौन हड्तालमा भाग लिन अनलाइन गेम खेल्दै घरमै बसिरहेको छु”, ती बासिन्दाले भने । 

डिसेम्बरमा यस्तै हडतालले देशभरका सहर र सहरका सडकहरू खाली गरेको थियो । तर मङ्गलबार बिहान स्थानीय मिडियाले याङ्गुन र मण्डलेमा अलग्गै फ्ल्याशमोबहरू देखाए, जहाँ प्रदर्शनकारीहरूले प्रजातन्त्र समर्थक ब्यानरहरू फहराए र आगोहरू लगाए।

वार्षिकोत्सवअघि जुन्ताले बन्द गर्ने व्यवसायहरू कब्जा गर्ने धम्की दिएको थियो । साथै जुलुस वा सेना विरोधी ‘प्रचार’ गर्दा देशद्रोह वा आतङ्कवादको आरोप लाग्न सक्ने चेतावनी दिएको थियो ।

मङ्गलबार प्रकाशित टिप्पणीहरूमा जुन्ता प्रमुख मिन आङ ह्लिङले सन् २०२० को चुनावमा आङ सान सुकीको पार्टीले चुनावी धाँधली गरेपछि सत्ता हातमा लिन बाध्य भएको सेनाको दाबीलाई दोहोर्याएका थिए । सो चुनाव अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले धेरै हदसम्म स्वतन्त्र र निष्पक्ष भएको बताएका थिए।

मिन आङ ह्लिङले राज्य सञ्चालित ग्लोबल न्यू लाइट अफ म्यान्मार अखबारलाई मुलुकमा स्थिरता बहाल भएपछि नयाँ चुनाव गरिने बताए।