२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो अवधिवेशन बढीभन्दा बढी विधेयकहरु पारित गर्नमा केन्द्रित हुन्छः प्रधानमन्त्री दाहाल



file photo
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय संसदको चालु अधिवेशन बढीभन्दा बढी विधेयकहरु पारित गर्ने कुरामा केन्द्रित हुने बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहालले संसदको चालु अधिवेशनमा बढीभन्दा बढी विधेयकहरु ल्याउने र पारित गर्ने कुरामा केन्द्रित हुने बताउनुभएको हो । उहाँले संसद अधिवेशनको शुरुवात राम्रो वातावरणमा शुरु भएको प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो – ‘यो अधिवेशन विधेयक अधिवेशन हो । बढीभन्दा बढी विधेयकहरु ल्याउने र पारित गर्ने कुरामा केन्द्रित छ । आज राम्रो वातावरणमा शुरु भएको छ । अब अगाडी बढ्छ ।’

संघीय संसदको दुवै सदनको अधिवेशन आज(सोमवार)देखि शुरु भएको छ ।