२८ मंसिर २०८२, आईतवार
,
Latest
पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छः वरिष्ठ उपाध्यक्ष पोखरेल मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान उल्लेख्य विपन्न विद्यार्थीलाई चिसोबाट जोगाउन न्यानो कपडा नेपालका परम्परागत खेलहरुको संरक्षण र सम्वर्द्धन गर्नुपर्छः मन्त्री नेपाल एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक भदौ २४ को जेन-जी आन्दोलन मारिएका प्रहरी परिबारलाई भेट्न पुगे गृह मन्त्री र प्रहरी महानिरीक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ पुस्तामा संसदीय अभ्यासबारे ज्ञान हुन जरुरी छः एमाले सचेतक बर्तौला



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले नयाँ पुस्तामा संसदीय अभ्यासबारे ज्ञान हुन जरुरी रहेको बताउनु भएको छ ।

आज रत्न राज्यलक्ष्मी क्याम्पसको राजनीती शास्त्र विभागको आयोजनामा भएको आर आर संसद अभ्यास कार्यक्रम – २०८० को उद्घाटन शत्रलाई सम्बोधन गर्दै सचेतक बर्तौलाले यस्तो बताउनु भएको हो ।

संसद अभ्यास कार्यक्रममा बोल्दै बर्तौलाले भन्नुभयो – “प्रतिनिधि सभाका खासगरीकन सरकारको निर्माण गर्ने, कानुन बनाउने, संसदीय अनुगमन गर्ने, बजेट पारित गर्ने, संसदीय सुनुवाइ गर्ने लगायतको काम हुन्छन् ।”

उहाँले अगाडि भन्नुभयो – ‘कुनै पनि सांसदले आज मलाई बोल्न मन लाग्यो भनेर माईक समातेर बोल्न पाईने होईन । जनताका मुद्दामा सदनमार्फत सरकारको ध्यानाकर्षण गराउने विषयको लागि पनि संसदले विशेष समय, शुन्य समय र आकस्मिक समय गरि समयको व्यवस्थापन गरिएको हुँदा संसदमा बोल्दा खुल्ला मञ्चमा बोलेको जस्तो खुल्ला समय प्राप्त नहुने र यसको लागि विशेष समय भए संसदीय दलले पाएको समयमा आफूलाई प्राप्त भएको समयावधी भीत्र बोली सक्नुपर्छ ।’

त्यस्तै गरि शून्य समयमा जम्मा एक मिनेटको समय प्राप्त हुने हुनाले उक्त समय भित्रै सांसदले राख्नुपर्ने विषय राखिसक्नूपर्ने बताउनुभयो । सांसद बर्तौलाले सरल भाषामा प्रतिनिधि सभामा हाल २ वटा संयुक्त र १० वटा प्रतिनिधि सभाको एकल समिति गरि जम्मा १२ वटा संसदीय समितिहरु रहेको बताउनु भयो । समितिले आफ्ना क्षेत्रका विषयहरुमा रहेर काम गर्ने उल्लेख गर्नु भयो ।

आरआर क्याम्पसमा आयोजित संसदीय अभ्यास सम्बन्धी कार्यक्रममा आरआमा स्नातक तह अध्ययनरत विद्यार्थीहरु सहभागी थिए ।