२५ श्रावण २०८३, सोमबार
,
Latest
दोलखाको यलुङ–री हिमपहिरोमा बेपत्ता पाँच आरोहीको शव नौ महिनापछि भेटियो हेटौँडाको संस्कृत वेद विद्यालयमा प्राचीन धर्मग्रन्थको पुस्तकालय बनाइँदै विनोदले गाउँ छोडेका छैनन् गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर फोहर पानी प्रशोधन जुम्ला यातायात कार्यालयले उठायो एक वर्षमा पौने दुई करोड राजस्व प्रधानमन्त्री बालेन्द्र शाहसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट मुस्लिम आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश अर्थमन्त्री डा. वाग्लेले आज नेपालमा लगानी गरेका बहुराष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्नुहुँदै थर्पु बजार खानेपानी समितिद्वारा गोरखाका पहिरोपीडितलाई एक लाख एक हजार सहयोग सुनचाँदीको मूल्यमा सामान्य उतार चढाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछानेसहित १८ जनाविरुद्ध सहकारी पीडितले दिए जाहेरी



file photo
अ+ अ-

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध प्रहरीमा जाहोरी परेको छ ।

सूर्यदर्शन सहकारी पीडितहरुले लामिछानेसहित १८ विभिन्न व्यक्ति र संस्थाविरुद्ध जाहेरी बुझाएका हुन् । यद्यपी, प्रहरीले जाहोरी दर्ता भने गराएको छैन ।

जाहेरीमा रविसहित पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुन, पूर्व अध्यक्ष ज्ञानबहादुर बमजन, नेत्रपाणि बास्तोला लगायत पनि रहेका छन् । यस्तै, नेचर हब प्रालि, गोर्खा मिडिया प्रालि, नेचर नेष्ट, वारिसान इन्फोमेसन टेक्नोलोजी, स्प्रिङ उड रियलस्टेट, सोनी क्यापिटल, ग्रिजी स्पान, गोर्खा ग्रुप इन्भेस्टमेन्ट र गोर्खा आयुर्वेद प्रालिलगायत निकटका सहकारीविरुद्ध पनि  उजुरी परेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी मोहनकुमार थापाले रविसहितका विरुद्ध जाहोरी बुझाएका जानकारी दिए ।