२२ मंसिर २०८२, सोमबार
,
Latest
प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकी : यस्ता छन् चुनाव चिह्न सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड ‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछानेसहित १८ जनाविरुद्ध सहकारी पीडितले दिए जाहेरी



file photo
अ+ अ-

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध प्रहरीमा जाहोरी परेको छ ।

सूर्यदर्शन सहकारी पीडितहरुले लामिछानेसहित १८ विभिन्न व्यक्ति र संस्थाविरुद्ध जाहेरी बुझाएका हुन् । यद्यपी, प्रहरीले जाहोरी दर्ता भने गराएको छैन ।

जाहेरीमा रविसहित पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुन, पूर्व अध्यक्ष ज्ञानबहादुर बमजन, नेत्रपाणि बास्तोला लगायत पनि रहेका छन् । यस्तै, नेचर हब प्रालि, गोर्खा मिडिया प्रालि, नेचर नेष्ट, वारिसान इन्फोमेसन टेक्नोलोजी, स्प्रिङ उड रियलस्टेट, सोनी क्यापिटल, ग्रिजी स्पान, गोर्खा ग्रुप इन्भेस्टमेन्ट र गोर्खा आयुर्वेद प्रालिलगायत निकटका सहकारीविरुद्ध पनि  उजुरी परेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी मोहनकुमार थापाले रविसहितका विरुद्ध जाहोरी बुझाएका जानकारी दिए ।