८ भाद्र २०८३, सोमबार
,
Latest
गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो राष्ट्रिय जुनियर टेनिसमा शास्वत र सुरेन्द्र च्याम्पियन स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु गरिमा हत्या प्रकरण दोषीलाई कठोर सजायको माग गर्दै माइतीघरमा प्रदर्शन प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल
तपाईं के खोज्दै हुनुहुन्छ ?

तपाईंको प्रेम कत्तिको सत्य छ ? आफैंलाई सोध्नुहोस् यी १० प्रश्न



सांकेतिक तस्बिर
अ+ अ-

एजेन्सी । ‘ट्रु लभ’ अर्थात् साँचो प्रेम । यो त्यस्तो नयाँ विषय होइन । यसबारे शताब्दीयौंदेखि बहस हुँदै आएको छ । कतिपय मानिसहरू विश्वास गर्छन् कि साँचो प्रेम जस्तो कुनै चीज छैन । उनीहरुले यस विषयमा धेरै तर्क पनि दिनेछन् । अर्कोतर्फ, त्यहाँ मानिसहरू छन् जो विश्वास गर्छन् कि प्रेम छ र जीवनभर रहन्छ ।

तपाई पनि कुनै न कुनै बेला मायाको सन्दर्भमा यस्तो मोडमा आउनुभएको होला, जब तपाईको मनमा यो प्रश्न आयो कि मेरो माया कति सत्य हो ?

एक रिलेसनसिप एक्सपर्ट भन्छिन्, ‘हाम्रो समाजमा प्रेम एकदमै पवित्र कुरा हो भन्ने मान्यता छ । यसमा प्रश्न उठाउन मिल्दैन । जसरी छ त्यसलाई जान दिनुहोस् । यद्यपि यो राम्रो तरिका होइन । तपाईंले जति धेरै प्रश्नहरू सोध्नुहुन्छ, तपाईंको बुझाइ त्यति नै गहिरो हुनेछ । जतिसुकै कमीकमजोरी छन्, त्यसलाई हामी हटाउन सक्षम हुनेछौं ।’

यस्तो अवस्थाबाट बच्न आज ‘रिलेसनसिप’बारेमा यहाँ त्यस्ता १० प्रश्नहरूको सूची ल्याएका छौं, जुन तपाईंको प्रेमको सत्यता जाँच गर्न सहज हुन्छ । तपाईले यी प्रश्नहरु आफैंलाई सोध्नुस् ।

१. मेरो भविष्यको चित्रमा मेरो साथीका कति सपनाहरू समावेश छन् ?
२. के म मेरो पार्टनरको लागि मेरो जीवनशैली परिवर्तन गर्न सक्छु ?
३. के म मेरो पार्टनरको सबै भावनाहरू जस्तै महसुस गर्छु ?
४. के तपाईं आफ्नो पार्टनरका राम्रा गुणहरूसँगै तिनका कमजोरीहरूलाई स्वीकार गर्दै हुनुहुन्छ ?
५. के दुबै पक्षमा विश्वास र सम्मानको भावना छ ?
६. के तपाई आफ्नो पार्टनरसँग बसेर पनि आफूसँग खुसी हुनुहुन्छ ?
७. के तपाइँ तपाइँको पार्टनरसँग सबै कुरा सेयर गर्न सक्नुहुन्छ ?
८. के तपाई आफ्नो पार्टनरसँग सुरक्षित महसुस गर्नुहुन्छ ?
९. के तपाई सम्बन्धमा शान्ति र आराम महसुस गर्नुहुन्छ ?
१०. के तपाईको आत्मीयता पनि भावनात्मक छ ?