१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित News Polar ‘बागमती प्रदेश सरकारको मुख्य प्राथमिकता भोटेकोशी क्षेत्र पुनःस्थापना’ News Polar चाडपर्व लक्षित विशेष अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरी News Polar पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु News Polar एसियाड टेनिस : शिभाली–स्वस्तिका जोडी पहिलो चरणमै पराजित News Polar पूर्वप्रधानन्यायाधीश जबरालाई मध्यरातमा नियन्त्रणमा लिएको भन्दै सांसद मल्लको आपत्ति News Polar व्यक्तिगत इगोका लागि राज्यसत्ताको दुरुपयोग भइरहेको छ : ज्ञानबहादुर शाही News Polar थेबेको आरोप– ‘राज्यकै नाममा गुण्डागर्दी भयो, सरकार अराजकता निम्त्याउँदैछ’ News Polar ६ महिनाको सुत्केरी बिदालाई कर्मचारी सुविधाका रूपमा मात्र हेर्न नहुने : मन्त्री मेहता News Polar बाढीपहिरोले २७ जलविद्युत आयोजना प्रभावित, करिब १ हजार मेगावाट उत्पादन प्रणालीबाट बाहिर News Polar काठमाडौं उपत्यकाबाहिर केन्द्रिय वधशाला बनाउन माग News Polar पशु वधशाला नभएका क्षेत्रमा तोकिएको स्थान र समयमा मात्र पशु वध गर्नुपर्ने News Polar सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने प्राधिकरणको योजना News Polar वर्षा र बाढीपहिरोको कारण प्रभावित भएको विद्युत आपूर्ति मंगलवारसम्म देशभर सुचारु हुने News Polar मंसिर १ देखि काठमाडौं उपत्यकामा पशु वधशाला तथा मासु जाँच ऐन लागू गरिने News Polar मस्र्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन News Polar हिमलुङ हिमपहिरोमा परी गोरखाका दुई जना बेपत्ता News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष

आजदेखि संसदको हिउँदे अधिवेशन, सांसदहरुको तयारी कस्तो छ ?

आजदेखि संसदको हिउँदे अधिवेशन, सांसदहरुको तयारी कस्तो छ ?
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ। आजदेखि संघीय संसदको दुवै सदनको हिउँदे अधिवेशन शुरु हुँदैछ । अपरान्ह ४ बजे संसदको दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दैछ । विधेयक अधिवेशनको रुपमा लिइने हिउँदे अधिवेशनमा आफ्नो भुमिकालाई प्रभावकारी बनाउनका लागि सांसदहरुले आ–आफ्नो तयारी गरिरहेका छन् ।

नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले आफ्नो भुमिका दलहरुसँग समन्वयकारी भुमिका खेल्ने हुने बताउनु भयो । उहाँले आफू सत्तारुढ दलभित्रको एउटा घटकको प्रमुख सचेतक भएको भन्दै गठबन्धनका दलहरुसँग आवश्यक समन्वय गर्नुपर्ने जिम्मेवारी रहेको बताउनु भयो । उहाँले आफ्ना सांसदहरुलाई उत्प्रेरित गर्ने, दलभित्रका विषयवस्तुलाई व्यवस्थित गर्ने र संसदमा दलको भुमिकालाई प्रभावकारी बनाउन भुमिका खेल्ने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘मेरो पदीय जिम्मेवारी के छ मैले त्यसैको तयारी गरिरहेको छु । मुख्य सचेतक भएको हुनाले अहिले गठबन्धनको सरकार छ, सबै दलहरुसँगको संयोजनको भुमिका मेरो एउटा विषयवस्तु हुन्छ । आफ्नो दलको बैठक गर्ने, दलभित्रका विषयवस्तुहरुलाई व्यवस्थित गर्ने, माननीय सदस्यहरुलाई उत्प्रेरित गर्ने र दलको भुमिकालाई प्रभावकारी बनाउने यसरी सोचिरहेको छु । मुख्य सचेतक भएको हुनाले संसद र सरकारलाई जोड्ने विषयवस्तु पनि मेरो भुमिका रहनेछ ।’

त्यस्तै, नेकपा(एमाले)का सचेतक महेश बर्तौलाले जनताको समस्याहरुलाई संसदबाट उठाउने बताउनु भयो । उहाँले विकास निर्माण, सुशासन र सामाजिक न्यायको पथमा राज्यलाई घच्घच्याउने बताउनु भयो । उहाँले सरकारसँग जनताको अपेक्षा र भरोसा हुने भन्दै जनताको अपेक्षाहरुलाई पूरा गर्नका लागि पनि आफूले भुमिका खेल्ने बताउनु भयो । उहाँले संसदमा हुने रचनात्मक र बौद्धिक विमर्शमा पनि आफ्नो भुमिका हुने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘मैले निर्वाचन क्षेत्रका जनताहरुको समस्याहरुको समाधान गर्ने, विकास, निर्माण, सुशासन, सामाजिक न्यायको पथमा राज्यलाई कसरी बढी घच्घच्याउन सकिन्छ, त्यो पाटोबाट म एउटा सांसदको तहबाट पनि मैले भुमिका खेल्छु । मेरो क्षेत्रमा भएका समस्याहरु, गरिबीहरु त्यो अन्त्य गर्न, कतिपय पूर्वाधार विकासको कुराहरु छन् । नागरिकहरुको केन्द्रिय सरकारसँग जोडिएका केही अपेक्षा, भरोसाहरु छन् । त्यो चिजलाई अगाडी बढाउनका लागि पनि मैले मेरो ठाउँबाट भुमिका खेल्छु । संसद रचनात्मक र बौद्धिक विमर्श हुने थलो हो । त्यो थलोको रुपमा अगाडी बढाउनका लागि सांसदले कसरी योगदान गर्नसक्छ, त्यो ठाउँबाट मैले आफ्नो भुमिका निर्वाह गर्नेछु ।’

नेपाली काँग्रेसकी सचेतक सुशिला थिङले सरकारले संसदमा ल्याएका विधेयकहरुलाई छिटोभन्दा छिटो पारित गराउन र विधेयकमा जनताको कुराहरु सम्बोधन गर्न लाग्ने बताउनु भयो । उहाँले संसदलाई प्रभावकारी बनाउन पनि कुनै कञ्जुस्याँइ नगरी लाग्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘जति विधेयकहरु आउँछ, त्यसमा अलि राम्रो नै गर्छु भन्ने सोचाई सबैको हुन्छ । मेरो पनि छ । यो अधिवेशनमा आएका विधेयकहरुलाई सरकारले छिटोभन्दा छिटो, धेरै जनताको कुराहरु सम्बोधन गर्नुपर्छ भन्ने पक्षमा म लाग्छु र प्रभावकारी बनाउने कुरामा मेरो कुनै कञ्जुस्याँइ हुँदैन । म लागि पर्छु ।’

नेपाली काँग्रेसका सांसद जीवन परियारले आफू संवद्ध समितिको कामलाई तदारुकता दिने बताउनु भयो । आफूले प्रतिनिधित्व गरेको समूहको पक्षमा आवश्यक कानूनहरु निर्माण गर्न विशेष पहलकदमी लिने पनि बताउनु भयो । जनताका ज्वलन्त समस्याहरुलाई पनि संसदमा उठाउने आफ्नो तयारी रहेको उहाको भनाई छ ।

उहाँले भन्नुभयो – ‘म आफू जुन समितिमा छु, मेरो समितिबाट भए, गरेका कामलाई पनि तदारुकता दिने एउटा कुरा रहन्छ । दोस्रो कुरा, मैले आफ्नो निर्वाचन क्षेत्रका कुरा अथवा म जुन समुहबाट प्रतिनिधित्व गरेर संसदमा पुगेको छु, त्यो समुहका बारेमा पनि मैले आवश्यक कानून निर्माणका लागि विशेष पहलकदमी गर्नेछु । जनताका ज्वलन्त समस्याहरु संसदमा उठाउनेछु ।’

नेकपा(एमाले)की सांसद अमृतादेवी अग्रहरीले देशमा अराजकता र भ्रष्टाचार बढिरहेको भन्दै यसको अन्त्यका लागि जोडदार आवाज उठाउने बताउनु भयो । उहाँले पार्टीको निर्णय र निर्देशनअनुसार पनि आफ्नो प्रश्तुती हुने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘राष्ट्रमा धेरै अराजकता फैलिइसकेको छ । भ्रष्टाचार दिनप्रतिदिन बढ्दै गइरहेको अवस्था छ । त्यो विषयमा यसको अन्त्य होस् भनेर सदनमा जोडदार आवाज उठाउने हो । त्यो मूल्य, मान्यता प्रथम हो । पार्टीको निर्णय र निर्देशनअनुसार हाम्रो प्रश्तुति पनि हुन्छ ।’

नेकपा(एमाले)का सांसद तारा लामा तामाङले सरकारले बजेट कार्यान्वयनमा तदारुकता नदेखाएको भन्दै यस सन्दर्भमा आवाज उठाउने बताउनु भयो । उहाँले संसदमार्फत राष्ट्र र राष्ट्रियताको लागि आवाज उठाउने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘आफ्नो क्षेत्रको समसामयिक घटनासँग आधारित तथा त्यहाँको विकाससँग सम्बन्धित कुराहरु त आउने नै भयो । किनभने सरकारले बजेटमा पनि धोका दियो । भएको बजेट पनि कार्यान्वयनमा तदारुकता देखाउनुभएको छैन । राष्ट्रिय स्वाभिमानमा अप्ठ्यारो पार्ने कुराहरु यो सरकारले गर्न खोजिराखेको छ । राष्ट्र र राष्ट्रियताको लागि आवाज उठाउँछौँ ।’

नेकपा(एमाले)का सांसद मनबहादुर गुरुङले विकास निर्माणमा भएको ढिलासुस्ती र राष्ट्रियताका कुराहरुलाई विशेष तरिकाले उठाउने सोचमा रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘विकास निर्माण र राष्ट्रियताका कुराहरुलाई विशेष तरिकाले उठाउने सोचमा छु । योजना पारिएको छ । स्रोत सुनिश्चित भएर पनि काम पनि अलिअलि भइसकेको कामहरु पनि अहिले काम भएको छैन । पैसा गएको पनि छैन । काम भएको पनि छैन । निर्माण व्यवसायी पनि हरायो । रकम पनि हरायो । योजना पनि हरायो । यस्तो खालको परिस्थिति सरकारले गरिराखेको छ । यसको बारेमा विशेष उठाउने सोच छ ।’

नेकपा(एमाले)की सांसद शान्ती श्रेष्ठले सरकारको कामको लेखाजोखा गर्ने र सोहीअनुरुप संसदमा प्रश्तुत हुने बताउनु भयो । उहाँले संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयक, शिक्षा सम्बन्धी विधेयक लगायतका विधेयकहरुलाई छिट्टै पारित गर्नुपर्ने अवस्था रहेको भन्दै सोही अनुरुप भुमिका खेल्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘टिआरसी विधेयक, शिक्षा सम्बन्धी विधेयक लगायत विभिन्न विधेयकहरुलाई पास गरेर कानून बनाउने पहिलो जिम्मेवारी भयो । अर्को जिम्मेवारी, जनताको बीचमा गर्नुपर्ने क्रियाकलापहरु के भइरहेको छ ? सरकारले के काम गरिरहेको छ ? त्यो कामको लेखाजोखा गर्छौ र संसदमा प्रश्तुत हुन्छौँ ।’

नेकपा(एमाले)का सांसद चन्द्रबहादुर विश्वकर्माले समाजमा विभिन्न प्रकारका बेथिति र अपारदर्शिताहरु रहेका भन्दै त्यसको बिरुद्ध आवाज उठाउने बताउनु भयो । उहाँले कानूनको अभावमा जनताले दु:ख पाउने स्थिति रहेकाले जनतामा सहजीकरण गर्न र कानून निर्माणमा सहजता ल्याउन आफ्नो तर्फबाट भुमिका खेल्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘म एउटा समुदायको प्रतिनिधि भएको नाताले म के चाहन्छु भने समुदायको प्रतिनिधित्व गर्ने ढंगले, आम जनताको प्रतिनिधित्व गर्ने ढंगले अहिले समाजमा भएका जुन प्रकारको बेथितिहरु छन् । अपारदर्शिता छन् । कानुनको अभावले जनताले दु:ख पाउने स्थिति भएको छ, त्यसलाई सहजीकरण गर्न, सहजता ल्याउन मैले आफ्नो तर्फबाट भुमिका खेल्छु ।’

सांसद विश्वकर्माले विगतमा जस्तो सरकारले संसदमा विजनेस नदिने कुराको अन्त्य होस् भन्ने आफूले चाहेको पनि बताउनु भयो । जनताका समस्याहरु समाधानका लागि आफूले पहलकदमी लिने उहाँको भनाई छ । न्युज एजेन्सी नेपाल