१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

अब हामी खुला रुपमा मुक्त आकाशमा राजनीति गर्नेछौं– बिप्लब (भिडियो सहित)

अब हामी खुला रुपमा मुक्त आकाशमा राजनीति गर्नेछौं– बिप्लब (भिडियो सहित)
अ अ+ अ-

काठमाडौंः क्रान्तिको कार्यभार पूरा नभएको भन्दै भूमिगत शसस्त्र आन्दोलन गरिरहेको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (बिप्लब) ले आफूहरु खुला रुपमा मुक्त आकाशको खोजीमा सार्वजनिक भएको बताउनु भएको छ ।

नेकपा र नेपाल सरकारबीच तीन बुँदे सहमतिमा हस्ताक्षर गर्न राष्ट्रिय सभागृहमा शुक्रबार आयोजित कार्यक्रममा महासचिव बिप्लबले सरकार र आफ्नो पार्टीबीच भएको तीन बुँदे सहमतिलाई दृढतापूर्वक पालना गर्दै त्यसमा प्रतिबद्ध रहेको बताउनुभयो ।

केही वर्षदेखि भूमिगत रहनु भएका बिप्लबले पहिलो पटक सार्वजनिक हुँदै सरकारसँग भएको तीन बुँदे सहमतिका बारेमा शंका र कुतर्क नगर्न आग्रह गर्नु भयो । उहाँले भन्नुभयो, त्यो हाम्रो विश्वास हो, हामी त्यसप्रति प्रतिबद्ध छौं ।

उहाँले अगाडि भन्नुभयो– जुन र घामको पनि भेट हुन्छ, हामीले यसअघि पनि सरकारका जिम्मेवार व्यक्तिहरुसँग भेटेका छौं । प्रधानमन्त्रीसँग पनि विगतमा कुरा भएका छन् । छलफल भएका थिए ।

नेपाली समाजको रुपान्तरण हुँदै आएको छ, तर त्यो पूर्ण भएको छैन भन्दै बिप्लबले आज पनि किसानको स्थिति बेहाल छ, दलित, महिला, उत्पीडित समुदाय पीडामा रहेका छन् भन्नुभयाे ।

उहाँले दलाल पूँजीवादी व्यवस्थाले देशको विकास सम्भव छैन भन्ने आफ्नो र पार्टीको दृष्टिकोण यथावत रहेको बताउँदै तर अहिलेकै परिस्थितिमा पनि हामी सहकार्य गर्न, हातेमालो गरेर अघि बढ्न तयार छौं भन्नुभयो ।

महासचिव बिप्लबले भन्नुभयो– यो अहिले जुन अवसर प्राप्त भएको छ, त्यसलाई पालना गर्न नेपाल सरकारलाई आश्वस्त पार्न चाहन्छु ।

उहाँले अहिलेको स्थितिमा ल्याउन नेपाल सरकार, कानुनविद, बुद्धिजीवी, पत्रकार, विभिन्न क्षेत्रका व्यक्ति, कमरेडहरु समेतका सबैलाई सम्मान र धन्यवाद दिनुभयो ।

“यो सहमति केबल सरकार र नेकपाबीचको मात्र होइन, यो सहमतिको पछाडि महान आकाँक्षा छ । देशलाई स्वाधीन, सम्पन्न र आत्मनिर्भर बनाउने योजना छ । नेपाली युवाको चाहना र आकाँक्षालाई सम्बोधन गर्नुपर्ने छ ।” उहाँले भन्नुभयो ।

करिब १५ मिनेट सम्बोधन गर्नु भएका महासचिव बिप्लबले विगतमा पार्टीले गरेका शहादत र हत्याहिंसाका पीडितको पक्षमा भने केही उल्लेख गर्नु भएन ।