• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा ★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ ★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा ★   गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्ति टेलिभिजन प्रश्तोताका जस्तो भयो: गगन थापा ★   प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित ★   सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः रवि लामिछाने ★   ‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’ ★   कांग्रेसलाई चेतावनी दिँदै रविले भने – तपाईँको गनगनले मात्र देश चल्दैन, झुटा मुद्दाले म डराउँदिन ★   प्रतिनिधिसभा बैठक जारी

राम्रो स्टार्ट पाएर पनि ठूलो स्कोर बनाउन नसक्दा निराश छु: देव खनाल



काठमाडौँ । दक्षिण अफ्रिकामा भएको एकदिवसीय क्रिकेटमा सहभागी भइ नेपाली यु—१९ राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।

सोमवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै टोली स्वदेश फर्किएको हो । यु १९ विश्वकपमा नेपाल सुपर सिक्ससम्म पुगेको थियो । समूहचरणमा नेपालले न्युजिल्याण्ड र पाकिस्तानसँग हार व्यहोर्दा फगानिस्तानलाई पराजित गरेको थियो । त्यस्तै सुपरसिक्समा बंगलादेश र भरतसँग पराजित भएको हो ।

विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली यु १९ टिमका कप्तान देव खनालले समग्रमा खेल राम्रो भएको बताउनु भयो । उहाँले नयाँ नयाँ खेलमा नयाँ कुरा सिक्न पाएको बताउनु भयो । विश्वकप एउटा सपना हुने भन्दै उहाँले विश्वकपमा नेपालले ब्याटिङमा राम्रो गर्न सकेको भए केही नतिजा आफ्नो पक्षमा आउने बताउनु भयो ।

उहाँले विश्वकपमा आकाश चन्द, सुवास भण्डारी र अर्जुन कुमालको प्रश्तुती समग्रमा राम्रो भएको र गुल्शन झाको प्रश्तुती भने बलिङमा राम्रो भएपनि ब्याटिङमा राम्रो हुन नसकेको बताउनु भयो । उहाँले गुल्शन झा नेपालको लागि कस्तो खेलाडी हो ? भन्नेकुरा सबैलाई थाहा भएको भन्दै सधैँ खेलाडीहरु राम्रो खेलि नै रहन्छन् भन्ने नहुने बताउनु भयो । उहाँले विश्वकपमा राम्रँे स्टार्ट पाएर पनि ठूलो स्कोर बनाउन नसक्दा भने नरमाइलो लागेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नयाँ नयाँ खेलमा नयाँ कुरा सिकिन्छ, त्यो कुराहरु सिक्दै गइरहेका छौँ । विश्वकप भनेको एउटा सपना हुने रहेछ । ब्याटिङमा अलि राम्रो भइदिएको भए यो भन्दा राम्रो गर्न सकिन्थ्यो । आकाश, सुवास, अर्जुनले राम्रो खेले । सधैँ राम्रो हुन्छ भन्ने हुँदै क्रिकेटमा । गुल्शनको राम्रो भएन । बलरमा राम्रो भयो उसको, ब्याटिङमा भएन । तर गुल्शन कस्तो खेलाडी हो भन्ने सबैलाई थाहा छ । कमब्याक पर्मानेन्ट कमब्याक जस्तो होस् बल्ल खुशी मिल्छ ।’

विश्वकप खेलेर आएको नेपाली टोलीलाई विमानस्थलमा नेपाल क्रिकेट संघका पदाधिकारीहरुले स्वागत गर्नुभएको थियो ।