• १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
  •   Unicode
Logo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध अमेरिकी डलरसहित चिनियाँ नागरिक पक्राउ



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध अमेरिकी डलरसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको २५ हजार अमेरिकी डलरसहित  २९ वर्षीय चिनियाँ नागरिक चु बिङचाङलाई पक्राउ परेका हुन् ।

चाईना साउथर्नको उडानद्वारा चीनको गोन्जाउ जान लागेका उनलाई विमानस्थलको प्रस्थान ह्याण्ड व्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा डलरसहित आईतबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई आवश्यक अनुसन्धान र कारवाहीको लागि राजश्व अनुसन्धान विभाग पठाइएको छ ।