१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar अधिवेशनमा सक्रिय सहभागिताका लागि पूर्वसभापति देउवाको अपिल News Polar वामपन्थी नेता बस्नेतको निधनले एमालेका केन्द्रीय सदस्यको सपथ ग्रहण स्थगित News Polar बाढी प्रभावित गल्छी –बैरेनीका १८० घरधुरीमा पुनःखानेपानी सेवा : स्थानीयवासी खुसी News Polar पहिरोमा परी बेपत्ता महिलाको शव फेलाः मृतकको सङ्ख्या १३ पुग्यो News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज News Polar अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध News Polar कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

छ वर्षमा पदयात्रामा जाने छ हजार दुई सय ७२ नेपालीको नि:शुल्क उपचार

छ वर्षमा पदयात्रामा जाने छ हजार दुई सय ७२ नेपालीको नि:शुल्क उपचार
अ अ+ अ-

काठमाडौँ । हिमालयन उद्धार सङ्घले छ वर्षमा पदयात्रामा जाने छ हजार दुई सय ७२ नेपालीको नि:शुल्क उपचार गरेको छ । विगत ५० वर्षदेखि पर्वतीय पदयात्रामा जाने आन्तरिक तथा बाह्य पदयात्रीको उपचारमा सक्रिय सङ्घले सगरमाथा, मनाङ र गोसाइँकुण्ड क्षेत्रमा जानेह नेपालीको नि:शुल्क उपचार गरेको हो ।

सङ्घले सोलुखुम्बुको सगरमाथा आधार शिविर, सोलुखुम्बुकै फेरिचे र मनाङको मनाङ गाउँमा अस्थायी स्वास्थ्य केन्द्र स्थापना गरी नेपाली पदयात्रीलाई नि:शुल्क र विदेशी पदयात्रीलाई थोरै शुल्क लिएर स्वास्थ्यसेवा प्रदान गर्दै आइरहेको सङ्घका प्रमुख कार्यकारी अधिकृत (सिईओ) गोविन्द बस्यालले जानकारी दिनुभयो ।

त्यस्तै, सो सङ्घले जनैपूर्णिमा मेलाका अवसरमा रसुवाको गोसाइँकुण्डमासमेत स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । सङ्घले सन् २०१९ मा एक हजार पाँच सय ८४ जना, सन् २०२० मा ९९ जना, सन् २०२१ मा सात सय ८५ जना, सन् २०२२ मा एक हजार तीन सय ८५ जना, सन् २०२३ मा एक हजार नौ सय ६९ जना र सन् २०२४ को हालसम्म चार सय ५० नेपाली पदयात्रीलाई नि:शुल्क स्वास्थ्यसेवा प्रदान गरेको छ ।

सङ्घले छ वर्षमा दुई हजार पाँच सय ७४ विदेशी पर्वतीय पदयात्रीलाईसमेत स्वास्थ्यसेवा प्रदान गरेको छ । सन् २०१९ मा एक हजार एक सय १६ जना, सन् २०२० मा १६ जना, सन् २०२१ मा एक सय ५१ जना, सन् २०२२ मा ५०५ जना, सन् २०२३ मा छ सय ३५ जना र सन् २०२४ को हालसम्म एक सय ५१ विदेशी पदयात्रीलाई स्वास्थ्य सेवा प्रदान गरेको छ ।

वसन्त ऋतुको आगमनसँगै सङ्घले गत चैतदेखि आन्तरिक तथा बाह्य पर्वतीय पदयात्रीको उपचारका लागि सोलुखुम्बु र मनाङ जिल्लाका तीन ठाउँमा विदेशी चिकित्सकसहितको टोली खटाएको छ । वसन्त र शरद् ऋतुमा हिमाल आरोहण गर्न जाने पर्यटकलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले विस २०३० मा स्थापना भएको सङ्घले चैतमा वसन्त ऋतु सुरु भएसँगै पाँच विदेशी र दुई नेपाली चिकित्सकलाई सोलुखुम्बु र मनाङको तीन स्थानमा पठाएको हो ।

हिमाल आरोहण गर्न जाने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी आधार क्षेत्रमा विशेषज्ञ सेवा उपलब्ध गराउन तालिम दिएर स्वयंसेवी चिकित्सक परिचालन गरिएको सङ्घका अध्यक्ष डम्बर पराजुलीले बताउनुभयो । सगरमाथा आधार शिविरमा एक विदेशी र दुई नेपाली चिकित्सक तथा फेरिचे र मनाङ गाउँमा दुई/दुई विदेशी चिकित्सकले स्वास्थ्यसेवा प्रदान गर्दै आएका छन् ।

मनाङ स्वास्थ्य चौकीमा अष्ट्रेलियाका डा प्याट्रिक जुलियन टिम्स र डा थोमस रोस म्याकफार्लेन, फेरिचे स्वास्थ्य चौकीमा अष्ट्रेलियाका डा क्याथरिन अन्ना ग्रेला र अमेरिकी चिकित्सक डा ब्रायन मिचेल स्ट्रिकल्यान्ड तथा सगरमाथा आधार शिविरमा अमेरिकी चिकित्सक डा ग्रेगरी ह्यू स्टिलर र नेपाली चिकित्सकद्वय डा निशान्त जोशी र डा श्रेयसी कार्कीको टोली खटिएको छ ।

सङ्घका अध्यक्ष पराजुलीले कार्यक्षेत्रमा खटिएका स्वयंसेवक चिकित्सकलाई लेक लाग्ने, अन्य उपचारलगायत पर्वतीय क्षेत्रमा आइपर्ने स्वास्थ्य समस्याबारे विस्तृत तालिम प्रदान गरेर कार्यक्षेत्रमा पठाइएको बताउनुभयो । सङ्घले नेपाल मेडिकल काउन्सिलबाट स्वीकृत लिएका चिकित्सकलाई मात्र कार्यक्षेत्रमा खटाउने गरेको अध्यक्ष पराजुलीको भनाइ छ ।

सो सङ्घले सन् २००३ देखि सगरमाथा आधार शिविरमा स्वास्थ्य शिविर स्थापना गरी आरोही र आरोहणमा सहयोग गर्ने कर्मचारीका साथै अन्य पदयात्रीलाई सेवा दिँदै आएको छ । फेरिचेमा सन् १७७३, मनाङ गाउँमा सन् १९८० र गोसाइँकुण्डमा सन् १९९७ देखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । रासस