१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

महिला मानव हाे कि वस्तु हो ? मन्त्रीसामु अधिकारकर्मीको प्रश्न

महिला मानव हाे कि वस्तु हो ? मन्त्रीसामु अधिकारकर्मीको प्रश्न
अ अ+ अ-

काठमाडौ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले नारीलाई शिक्षा र आर्थिक सशक्तीकरणमा अघि बढाइने  बताउनुभएको छ । 
महिला, कानून र विकास मञ्चले १११औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आज यहाँ आयोजना गरेको ‘यौनजन्य हिंसा र न्याय’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले बलात्कारका घटना मेलमिलापमा मिलाउनेलाई पनि कानूनी कारबाहीका दायरामा ल्याउन लागिएको बताउनुभयो । 

“आपराधिक मानसिकता भएकाले बालिकामाथि बलात्कार गर्ने गरेका छन्, महिलाका पक्षमा कानूनी व्यवस्था हुँदाहुँदै सुन्नै नसक्ने घटना भइरहेका छन्, महिला हिंसा अन्त्य गर्न सबैबीच सहकार्य गरेर अघि बढ्न आवश्यक छ, सबै जिल्लामा महिला प्रहरी सेल भए पनि महिला अधिकृत नहुँदा पनि महिला हिंसामाथिको घटना छानबिन र कारबाहीमा प्रभाव परेको छ” मन्त्री महतोले भन्नुभयो ।

महिला हिंसा असभ्यता हो भन्ने वाक्य उल्लेख भएका ब्यानर सार्वजनिक स्थलमा राख्ने गरी फागुन १४ गते मन्त्रिपरिषद्ले निर्णय गरेको जानकारी पनि उहाँले दिनुभयो । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर नीतिसमेत सार्वजनिक गर्न लागिएको जनाइएको छ । दिवसका अवसरमा अमेरिकाबाट प्रदान गरिने अन्तर्राष्ट्रिय पुरस्कार पहिलोपटक नेपाली महिला मुस्कान खातुनले पाउनु पनि गर्वको विषय भएको मन्त्री महतोले बताउनुभयो । 

मन्त्रालयका सचिव यमकुमारी खतिवडाले श्रम शक्तिमा २६।३ प्रतिशत महिला सहभागिता पुगेको उल्लेख गर्नुहुँदै धेरै विषयमा महिला सशक्तीकरण बढेको बताउनुभयो । महिला हिंसा कम गर्न मन्त्रालयले सरोकार भएका निकायसँग सहकार्य गरिरहेको जानकारी पनि उहाँले दिनुभयो । 
निजामती सेवामा २७ र जग्गाको स्वामित्व पाउने महिलाको प्रतिशत ३४ पुगेको मन्त्रालयले जनाएको छ । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा महिलाले विभिन्न क्षेत्रमा हासिल गरेका उपलब्धिको विवरण सार्वजनिक गर्न लागिएको सचिव खतिवडाको भनाइ थियो । 
नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरीक्षक राजेशलाल कर्णले बलात्कारका घटनामा एक जनाभन्दा बढी सहभागी भए डीएनए परीक्षणको प्रतिवेदन वास्तविक नआउने गरेको बताउनुभयो । यस्ता घटनामा धेरै लामो समयसम्म प्रमाण नरहने भएकाले छिटो परीक्षण हुनुपर्ने उहाँले सुनाउनुभयो । 

महिला हिंसाका घटनामा मिसिल बनाउँदा पीडितको नाम परिवर्तन गर्ने गरिएको निर्देशनालयले जनाएको छ । महिला हिंसाका घटनामा छानबिनका लागि ५८ जनामात्र महिला प्रहरी अधिकृत भएकाले अप्ठ्यारो भएको प्रहरी नायब महानिरीक्षक कर्णको भनाइ थियो । 

वरिष्ठ अधिवक्ता मीरा ढुङ्गानाले एक दिनमा सात जना महिलामाथि बलात्कार हुने गरेको दुःखद् घटना सुनाउनु हुँदै बन्दाबन्दीको अवधि २०७६ चैतदेखि २०७७ भदौसम्म एक हजार २२१ वटा यौनजन्य महिला हिंसाका घटना भएको बताउनुभयो । ९० प्रतिशत बालिकामाथि आफन्तबाटै हिंसा हुने गरेकाले चनाखो हुनुपर्ने उहाँको भनाइ थियो ।

मञ्चका कार्यकारी निर्देशक बलात्कारका घटनामा हत्या हुने महिलाको नाम, तस्बिरसहितको विवरण सार्वजनिक हुनु कानुनी व्यवस्था विपरीत भएको बताउनुभयो । भारतमा चर्चित बलात्कारपछि हत्याको घटनामा पीडितको वास्तविक नाम सार्वजनिक नहुने गरेकाले नेपालमा त्यो अभ्यास हुन नसकेको बताउनुभयो ।
‘इन्टरनेशनल एलर्ट’ का देशीय निर्देशक रबिना श्रेष्ठले मधेशमा ५४ र पहाडमा ३२ प्रतिशत महिला हिंसाको घटना हुने गरेको बताउनुभयो । महिला हिंसा हुनेमा नेपाल विश्वमै छैटौँ नंं मा परेकाले यसमा सुधार ल्याउन सरोकार भएका निकायका बीच सहकार्य हुनुपर्नेमा उहाँले जोड दिनुभयो । मञ्चले अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा सातै प्रदेशमा साताव्यापी कार्यक्रम आयोजना गर्न लागेको अध्यक्ष गीता अर्यालले जानकारी दिनुभयो ।
यसै उपलक्ष्यमा काठमाडौँ महानगरपालिका–८ र रानीबारीस्थित आसरा सुधार केन्द्रले पनि आजै यहाँ सचेतना कार्यक्रम आयोजना ग¥यो । उक्त वडाका सदस्य इन्दिरा भण्डारीको सभापतित्वमा भएको सो कार्यक्रममा केन्द्रकी सचिव रिता श्रेष्ठलगायतले नारी सशक्तीकरणबाटै समुन्नत समाज सिर्जनामा सहयोग पुग्ने बताउनुभयो । 
–––