• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

न्युजिल्याण्ड पठाईदिन्छु भन्दै रकम ठगी गर्ने दुईजना पक्राउ



काठमाडौँ । प्रहरीले न्युजिल्याण्ड पठाईदिन्छु भन्दै रकम ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

वैदेशिक रोजगारीको लागि न्युजिल्याण्ड पठाईदिन्छु भन्दै रकम लिई फरार रहेका ४६ बर्षका चन्द्र बहादुर बुढाथोकी समेत दुईजनालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले पिडीत खड्ग राज गिरी समेत दुईजनाबाट फुड प्याकिङ काम लगाइदिन्छु भन्दै पटक पटक गरी एघार लाख पचास हजार रुपैयाँ लिएका थिए । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।

उनीहरुमाथि थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको छ ।