• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo
Latest
★   कान्तिपुरका अध्यक्ष सिरोहियालाई दोस्रो पटक म्याद थप्न अदालत लगिँदै ★   संकटमा सञ्जुः हैदरावादविरुद्ध राजस्थानको टोली समस्यामा पर्न सक्ने ★   प्रतिपक्षीको अवरोधकैबीच प्रतिनिधि सभाबाट आज नीति तथा कार्यक्रम पारित गर्ने सरकारको तयारी ★   आईपीएल आजः फाइनल पुग्न राजस्थान र हैदरावादबीच भिडन्त ★   गणतन्त्रमा गल्ती गर्नेलाई छुट हुँदैन भन्ने भाष्य स्थापित भएको छ: मन्त्री शर्मा ★   सडक चौडा गर्न वडाध्यक्षकै घर कम्पाउण्डको पर्खाल भत्काउनु पर्‍यो … ★   गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान ★   सहकारी प्रकरणः कार्यदलमा भएन सहमति, दलहरुको आ–आफ्नै दाबी ★   रविका बिरुद्ध काँग्रेस खनिनु भनेको भँगेरा मार्न तोप बोकेर निस्कनु सरह हो: ओली ★   बुद्धजयन्ती मनाइयो-फोटो फिचर

धनगढीमा ग्रासरुट क्रिकेटका लागि दुई प्रशिक्षक नियुक्त



धनगढी । क्रिकेटको शहर धनगढीमा सञ्चालन भईरहेको ग्रासरुट क्रिकेट विकास कार्यक्रमका लागि दुई जना प्रशिक्षक नियुक्त भएका छन् ।

गत माघ ६ गते धनगढी उपमहानगरपालिकासँगको साझेदारीमा गो ड्रिमर्सले उपमहानगरपालिकामा क्रिकेट ग्रासरुट विकास कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो । उक्त निर्णय कार्यान्वयनका लागि लेभल वान प्रशिक्षक देबनारायण झा र ज्ञानेन्द्र क्षेत्रीलाई प्रशिक्षकमा नियुक्त गरिएको हो ।

गो ड्रिमर्सका अध्यक्ष सुवास शाहीले आइतबार दुबै प्रशिक्षकलाई नियुक्ति पत्र हस्तान्तरण गरे । गो ड्रिमर्सले उपमहानगरपालिकाका दुई नमूना स्कुलहरुमा हाल ग्रासरुट क्रिकेट विकास कार्यक्रम सञ्चालन गर्दैछ ।

जसमध्ये धनगढी वडानम्बर १२ स्थित श्री सिद्धनाथ मावि, जुगेडामा क्षेत्री र धनगढी वडानम्बर १८ स्थित श्री चन्द्रोदय मावि, फुलबारी झाले प्रशिक्षण गराउनेछन् ।

गो ड्रिमर्सका अध्यक्ष सुवाश शाहीले अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यसहित सुरु भएको यो कार्यक्रमका लागि योग्य प्रशिक्षक अनुबन्ध गर्न पाउँदा खुशी व्यक्त गर्दै दुबै जनालाई शुभकामना दिए ।

२०५९ सालदेखि नै क्रिकेट खेल्न थालेका झाले सुदूरपश्चिममा सम्पन्न छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितासम्म आफ्नो खेलाडी करिअर अघि बढाएका थिए । त्यसपछि उनले प्रशिक्षकका रुपमा भूमिका निर्वाह गरेका हुन् । उनले आइसीसी लेभल १ प्रशिक्षण कोर्ष गरेका छन् ।

स्कुल लेभलबाट क्रिकेट सुरु गरेका क्षेत्रीले यू १९ देखि राष्ट्रिय प्रतियोगितामाहरुमा खेलिसकेका छन् । खेलजीवन पछि उनले २०७२ सालदेखि प्रशिक्षण थालेका हुन् । उनले आइसीसी लेभल १ प्रशिक्षण कोर्ष गरेका छन् ।

दुबै प्रशिक्षण केन्द्रमा लगत्तै प्रशिक्षण सुरु हुने अध्यक्ष शाहीले जनाए । केन्द्र आपपासका क्रिकेट प्रशिक्षण लिन चाहाने इच्छुक खेलाडीहरुलाई विद्यालयमा सम्पर्क राख्न समेत गो ड्रिमर्सले अनुरोध गरेको छ ।