१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए News Polar पशु, बधशाला तथा मासु जाँच ऐन संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति News Polar खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्ति न्यूनीकरणका लागि राष्ट्रिय पहलमा जोड News Polar चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक १६ गतेदेखि काठमाडौँमा मञ्चन हुँदै News Polar पहिरोले लामाबगरका चार घर र दुई गोठ पुरिए, एक जना घाइते News Polar सङ्घीय निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन

नेपाली काँग्रेस केन्द्रिय कार्य सम्पादन समिति बैठक यही हप्ता भित्र बस्ने छलफल चलिरहेको छ- उपसभापति गुरुङ (भिडियो सहित)

नेपाली काँग्रेस केन्द्रिय कार्य सम्पादन समिति बैठक यही हप्ता भित्र बस्ने छलफल चलिरहेको छ- उपसभापति गुरुङ (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । नेपाली काँग्रेस केन्द्रिय कार्य सम्पादन समिति बैठक यही हप्ता भित्र बस्ने भएको छ ।

नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले पार्टीको भातृ संस्थाहरुको महाधिवेशन गर्ने विषयलाई मुख्य एजेण्डा बनाएर यही हप्ता भित्र पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठक बोलाउने विषयमा छलफल भईरहेको बताउनु भएको हो । उहाँले तत्काल महाधिवेशन गर्नुपर्ने माग गर्दै सोमबार पार्टी केन्द्रिय कार्यालय सानेपा पुगेका नेविसंघका विद्यार्थी नेता, कार्यकर्तालाई सम्बोधन गर्दै सबै भातृ संस्था तथा शुभेच्छुक संस्थाहरुको महाधिवेशनलगायतका कार्यहरु सम्पन्न गर्न पार्टीका महामन्त्रीहरुले त्यसको प्रस्तावित विधानबारे छलफल गरिरहनु भएको जानकारी समेत दिनु भयो ।

उपसभापति गुरुङले पार्टीका तत्कालीन केन्द्रिय सदस्य एनपी साउद नेतृत्वको टोलीले भातृ संस्थाहरुको बारेमा तयार पारेको विधान प्रतिवेदनमाथि गहन छलफल गरेर सबै भातृ संस्थाहरुलाई गतिशील बनाउने गरी त्यसका महाधिवेशन लगायतका कामहरु सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले भन्नु भयो, ‘कार्य सम्पादन समिति गठन गरिएको छ । ३७ सदस्यीय कार्य सम्पादन समिति गठन भयो । यो कार्य सम्पादन समितिको बैठक यही हप्ता भित्र बस्ने छलफल चलिरहेको छ । त्यसमा पहिलो एजेन्डा भातृ संस्थाहरु नेविसंघ, तरुण दल, महिला संघ, शुभेच्छुक सबै संस्थाहरुको बारेमा हामी गहन ढंगबाट लागेका छौं ।

र भातृ संस्थाहरुको सन्दर्भमा कतिसम्म कुरा अघि बढेको छ भने तत्कालीन केन्द्रिय सदस्य एनपी साउदको संयोजकत्वमा भएको एउटा समितिले जुनजुन भातृ संस्थाहरुको बारेमा विधानको पनि प्रतिवेदन तयार पारेको थियो । त्यसको अध्ययन गर्ने काम महामन्त्रीहरुले गरिरहनु भएको छ । एक नम्बरमा भातृ संस्था, शुभेच्छुक संस्थाहरु भन्ने वित्तिकै नविसंघ पनि परिहाल्यो । त्यसको बारेमा गहन छलफल गरेर अघि बढनेछौं ।’

काँग्रेस नेतृत्वमाथि पार्टीको विधान र संघीयताको भावना अनुसार भातृ संस्थाहरुको विधान मस्यौदा भएपनि पार्टीले स्विकृति नदिएका कारण नेविसंघलगायतका भातृ संस्थाहरु पूरानै विधानमा चलिरहेको आरोप छ । जसका कारण गतिहीन हुन पुगेको संगठनलाई प्रभावकारी बनाई शैक्षिक क्षेत्रमा देखिएमा समस्या समाधानका लागि पनि छिटो भन्दा छिटो नेविसंघको महाधिवेशन गर्नुपर्ने त्यसमा आवद्ध विद्यार्थीहरुको माग छ ।