१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनलको इमिरेट्समा लिभरपुलको लडाईँ



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा आज आइतबार चार खेलहरु हुँदैछन् । यसमध्ये विशेष खेल आर्सनल र लिभरपुलबीचको रहेको छ । आर्सनलको घरेलु मैदान इमिरेट्समा शीर्षस्थानमा रहेको लिभरपुललाई खेल जित्नु र कम्तिमा पनि बराबरीको नतिजा खाँचो छ । अर्कोतर्फ तालिकाको तेस्रो स्थानमा रहेको आर्सनल घरेलु समर्थकको साथमा लिभरपुललाई हराउँदै अंकदुरी छोट्याउन चाहन्छ ।

आगन्तुक लिभरपुलले जारी लिगमा म्यान सिटी र आर्सनलमाथि पाँच अंकको अग्रता लिएको छ । उसले सिजनमा एक पटक मात्र हार ब्यहोरेको छ ।

डिसेम्बरमा क्यालेन्डर हिट भएदेखि लिभरपुलले दुई पटक मात्र बराबरी गरेको छ, जसमध्ये एउटा गनर्ससँग १–१ को बराबरी थियो । यस्तै, बुधबार भएको खेलमा लिभरपुलले चेल्सीलाई ४–१ ले हराएर आफ्नो लयलाई बलियो बनाएको छ ।

अर्कोतर्फ लिभरपुलसँगको बराबरीपछि वेस्ट ह्याम र फुलह्यामसँग लगातार ‘लन्डन डर्बी’ हारेको आर्सनल क्रिस्टल प्यालेससँग ५–० को सानदार जित र नटिङहम फरेस्टलाई २–१ ले हराउँदै आफूलाई सन्तुलित बनाएको छ ।

आर्सनलका जुरियन टिम्बर, ताकेहिरो टोमियासु र थोमस पार्टे खेलमा उपलब्ध हुने छैनन् । लिभरपुलका मोहमद सलाह, जोएल माटिप, र वाटरु इन्डो उपलब्ध हुने छैनन् ।

आज हुने खेलहरुः
म्यान्चेस्टर युनाइटेड भर्सेस वेस्टहाम युनाइटेड (१९ः४५ बजे)
चेल्सी भर्सेस वल्भ्स (१९ः४५ बजे)
बर्नमाउथ भर्सेस नटिङहम फरेस्ट (१९ः४५ बजे)
आर्सनल भर्सेस लिभरपुल (२२ः१५ बजे)

अंकतालिकाः