• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

आलोकनगरमा सार्वजनिक जग्गा मिचेर बनाइका भौतिक संरचनामाथि महानगरको डोजर



काठमाडौं । काठमाडौं महानगरपालिका–३१ स्थित आलोकनगरमा सार्वजनिक जग्गा मिचेर बनाइएका भौतिक संरचनामाथि काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ ।

वडा कार्यालयले खेलकुद पार्क बनाउन लागेको सार्वजनिक जग्गामा रहेका अस्थायी घर टहरा भत्काएको नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए ।

अनधिृकत रुपमा सार्वजनिक जग्गा बर्षौदेखि हडपेर भाडामा समेत लगाएको पाईएको उपरीक्षक अर्यालले बताए । महानगरले उक्त स्थानको १४ वटा टहरा भत्काइरहेको उनले बताए ।

काठमाडौँ महानगरपालिकाले यसअघि पनि सार्वजनिक जग्गामा बनेका घर टहरामाथि डोजर चलाउँदै आइरहेको छ ।