२६ श्रावण २०८३, मंगलवार
,
Latest
आज ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै निजी क्षेत्रको वातावरणमैत्री यातायातमा अग्रसरता प्रशंसनीयः प्रहरी महानिरीक्षक कार्की ग्यास अभाव छैन, हल्लाका कारण सुदूरपश्चिममा माग बढ्यो महिला सशक्तीकरण र सामाजिक सुरक्षामा नेपाल–अष्ट्रेलिया सहकार्य विस्तार गर्नेबारे छलफल ‘मोबिलिटी फर अल’ को लक्ष्यसहित नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ सुरूः नीतिगत स्थिरता र पूर्वाधारमा… १२२ खेलको कप्तानी यात्रा पूरा गर्दै रोहित पौडेल नेतृत्वबाट बाहिरिए बङ्गलादेशको ठाकुरगाँवमा निःशुल्क आँखा शिविरमा करिब तीन हजार लाभान्वित आज सुनको मूल्य छ हजार ४०० सयले बढ्यो विद्युतीय सवारीका लागि १० वर्षे स्थिर नीति र पूर्वाधार निर्माण गर्न यातायात व्यवसायीको माग यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउन नयाँ ऐनको तयारीमा सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब बूढानीलकण्ठ क्षेत्रमा पनि उपत्यका प्रहरीले प्रत्यक्ष निगरानी गर्ने



अ+ अ-

काठमाडौँ । काठमाडौँको बूढानिलकण्ठ क्षेत्रमा पनि अब उपत्यका प्रहरीले प्रत्यक्ष निगरानी सुरु गरेको छ । प्रविधिमैत्री प्रहरीको अवधारणाबमोजिम बूढानीलकण्ठका विभिन्न क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा आधारित एक सय ८१ वटा सिसी क्यामरा जडान भएसँगै अब सो क्षेत्रका गतिविधि उपत्यका प्रहरीको नियन्त्रण कक्षबाट प्रत्यक्षरुपमा निगरानी हुन लागेको हो ।

‘सुरक्षित काठमाडौँ उपत्यका: हाम्रो प्रतिबद्धता’ भन्ने अभियानलाई साकार पार्न काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र बूढानीलकण्ठ नगरपालिकाको संयुक्त प्रयासमा सिसी क्यामरा जडान भइ आज उद्घाटन गरिएको हो ।

गत वैशाख १२ गते रु पाँच करोडमा सम्झौता भइ सिसी क्यामरा जडान शुरु भएको थियो । जडान सम्पन्न भएसँगै आजदेखि उपत्यका प्रहरीले सो क्षेत्रको निगरानी सुरु गरिसकेको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापा र बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले संयुक्तरुपमा सिसी क्यामराको उद्घाटन गर्नुभयो ।

सुरक्षित काठमाडौँ योजनाअन्तर्गत बूढानीलकण्ठ रुट, मानबहादुर मार्ग–चुनिखेल रुट र कपन रुटका ७९ स्थानमा सात पिटीजेडसहित एक सय ७४ स्थायी सिसी क्यामरा गरी जम्मा एक सय ८१ थान आर्टिफिसिएल इन्टेलिजेन्स ९एआई०मा आधारित सिसी क्यामरा जडान गरिएको प्रवक्ता मैनालीले बताउनुभयो ।

त्यस अवसरमा बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले बूढानीलकण्ठ क्षेत्रमा शान्ति, सुरक्षा कायम गर्न र अपराध नियन्त्रण गर्न काठमाडौँ उपत्यका प्रहरी कार्यालयसँग हातेमालो गर्दै जाने बताउनुभयो । प्रथम चरणमा सिसीटिभी जडान सकिएको र अब पुन: दोस्रो चरणमा समेत सहयोग उपलब्ध गराइने उहाँले जानकारी गराउनुभयो ।

समारोहमा काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक थापाले सिसीटिभी क्यामराले उक्त इलाकामा शान्ति, सुरक्षाका साथै समग्रमा काठमाडाँै उपत्यकाको आपराधिक क्रियाकलाप नियन्त्रणमा महत्वपूर्ण योगदान पुग्नेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा समेत उक्त नगरपालिकासँग सहकार्य गर्दै जाने बताउनुभयो । कार्यक्रममा बूढानीलकण्ठ नगरपालिका उपप्रमुख अनिता लामा, प्रहरी नायव महानिरीक्षक दुर्गा सिंह, प्रहरी वरिष्ठ उपरीक्षकहरु र वडा अध्यक्षहरुलगायतको सहभागिता थियो । रासस