• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

१२ इनिङ्स र ११ महिनापछि शुभमन गिलले बनाए शतक



एजेन्सी । भारत र इंग्ल्याण्डबीचको ५ टेस्ट सिरिजको दोस्रो खेल विशाखापट्टनममा हुँदैछ । डा वाईएस राजशेखर स्टेडियममा भएको पहिलो इनिङ्समा भारतले ३९६ रन बनाएको थियो भने इंग्ल्याण्डले २५३ रन बनाएको थियो ।

अहिले तेस्रो दिन दोस्रो सत्रको खेल चलिरहेको छ । भारतले ४ विकेट गुमाएर २०१ रन बनाएको छ । शुभमन गिल र अक्षर पटेल क्रिजमा छन् ।

शुभमनले १२ इनिङ र ११ महिनापछि शतक बनाएका छन् । उनले आफ्नो अन्तिम शतक २०२३ मार्चमा बनाएका थिए ।

श्रेयस अय्यर २९, यशस्वी जैसवाल १७, रोहित शर्मा १३ र रजत पाटीदार ९ रन बनाएर आउट भए । जेम्स एन्डरसनले २ विकेट लिए । तेस्रो दिन भारतले आफ्नो दोस्रो इनिङ्स २८/० को स्कोरमा अघि बढाएको थियो ।