काठमाडौ । राष्ट्रपति बिद्यादेबी भण्डारीले अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार प्राप्त गरेको मा मुस्कान खातुनलाई बधाई दिनुभएको छ । राष्ट्रपति भण्डारीले ट्विटर मार्फत खातुनलाई बधाई र अमेरिकी सरकारलाई धन्यबाद ब्यक्त गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले ट्विटरमा लेख्नुभएको छ –एसिड आक्रमणको असैह्य पीडालाई शक्तिमा बदल्दै यस जघन्य अपराधविरुद्ध कडा कानुन र सजायका लागि साहसिक अभियान सञ्चालन गर्ने किशोरी मुस्कान खातुनलाई प्रतिष्ठित ‘अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार’ प्रदान गरिने घोषणा गरिएकोमा मुस्कान खातुनलाई हार्दिक बधाई तथा अमेरिकी सरकारलाई धन्यवाद ।
अमेरिकी सरकारले एसिड आक्रमणमा परेकी किशोरी मुस्कान खातुन अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) अवार्ड बाट सम्मान गर्न छनौट गरेको थियो । अमेरिकाकी बिदेश मन्त्रालयलले जनाए अनुसार अमेरिकी प्रथम महिला जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिङ्कनले ८ मार्चमा एक भर्चुअल कार्यक्रमका बिच उक्त पुरस्कार मुस्कान लगायतका विजेताहरूलाई प्रदान गर्ने कार्यक्रम रहेको छ । तेजाब आक्रमणको अन्त्यका लागि मुस्कानले गरेको निरन्तर कार्यका लागि यो अवार्ड प्रदान गर्न लागिएको हो । हाल १५औँ वर्षमा रहेको आईडब्ल्यूओसी पुरस्कारले प्रायजसो ठुलो व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैङ्गिक समानता, र महिला सशक्तीकरणको वकालत गर्ने असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलाको सम्मान गर्दछ। यो तहको अबार्ड पाउने खातुन पहिलो नेपाली हुनहुन्छ ।











