२५ कार्तिक २०८२, मंगलवार
,
Latest
भरतपुर रंगशालाको छैटौं मूल्याङ्कनमा पनि कुनै अनियमितता फेला परेन विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन पारित काँग्रेस केन्द्रिय समितिको बैठक जारी (तस्बिरसहित) मधेशमा मुख्यमन्त्री यादवको नियुक्ति असंवैधानिक भन्दै सात दलका सांसदको धर्ना बाइस हजार विद्यार्थीको ‘डिजिटल’ स्वास्थ्य ‘प्रोफाइल’ तयार मधेशमा मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्धको रिटमा बुधबार पेसी प्रतिगामी षडयन्त्रका विरुद्ध एमालेले आज ७५३ वटै पालिकाममा जनप्रदर्शनका कार्यक्रम गर्दै मधेशका मुख्यमन्त्री यादवको स्वीकारोक्तिः ‘शपथ ग्रहणका लागि प्रदेश प्रमुखलाई दबाब दिएको हुँ’ च्याङ्ग्रापालनबाट वार्षिक पाँच लाख आम्दानी भुटानमा जलविद्युत् परियोजनाको उद्घाटन गर्न प्रधानमन्त्री मोदीको उच्चस्तरीय भ्रमण
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले धादिङ जिल्ला अधिवेशनमा कुटाकुट, एक जनाको हात भाँच्चियो



अ+ अ-

काठमाडौँ । कुटाकुट भएपछि नेकपा एमाले धादिङ जिल्ला अधिवेशन स्थगित भएको छ । माघ १९ गते सुरु भएको अधिवेशनमा
अध्यक्ष मण्डलको अध्यक्षता कसले गर्ने भन्ने विवाद बढ्दै जाँदा अधिवेशन स्थलको बन्दसत्रमा कुटाकुट भएको हो । कुटाकुट र भिडन्तमा एक जना एमाले कार्यकर्ताको हात भाँच्चिएको छ।

आइतबार बिहान विज्ञप्ति जारी गर्दै बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले कुटाकुट र भिडन्तमा एमाले कार्यकर्ता सन्तोष खनालको हात भाँच्चिएको जनाएका छन् । ‘माघ २० गते बन्दसत्रको सुरुवातबाटै अघिल्लो दिनभन्दा बढी असहज, आक्रामक र आतङ्कित परिस्थिति देखापर्‍यो । यही क्रममा भिडन्त भई पार्टी कार्यकर्ता सन्तोष खनालको हात भाँच्चिएको छ’।

अध्यक्ष ढुंगेलले बन्दसत्रमा प्रवेश गर्नु अगाडी प्रतिनिधि निर्क्योल गर्ने विषयमा समेत अन्योल कायमको अवस्था देखिएको बताए । उनले अर्को सूचना जारी नभएसम्म अधिवेशन स्थगित भएको जनाए । ‘पटक पटक वार्ता छलफलबाट समस्या समाधान गरी बन्दसत्र सुचारु गर्ने प्रयास गरियो तर सम्भव भएन र झन् अशान्त, असहज परिस्थिति देखा पर्‍यो । तसर्थ यो अधिवेशनलाई मर्यादित र विधिसम्मत तरिकाले सम्पन्न सम्भव नदेखिएकाले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि यो अधिवेशन स्थगित गरिएको छ’, अध्यक्ष ढुंगेलले भनेका छन् ।

पाँच प्रतिशत मनोनीत हुने प्रतिनिधिका सवालमा जिल्ला अध्यक्ष भूमि त्रिपाठीले एकलौटी गर्न खोजेपछि विवाद सुरु भएको अध्यक्ष  ढुंगेलले बताए ।

यता, अध्यक्ष त्रिपाठीले भने प्रदेश अध्यक्ष ढुङ्गेलले जारी गरेको विज्ञप्ति आधिकारिक नभएको दाबी गरेका छन् । उनले अधिवेशन स्थगित नभएको र बन्द सत्रबो कार्यक्रम निरन्तर चलिरहेको जनाएका छन् ।