• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

नेकपा एमाले संसदीय दलको बैठक बस्दै



file photo

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ । शनिवारबाट संसद भवन बानेश्वरमा शुरु भएको बैठक आज समापन हुने एमाले प्रमुख सचेतक पदम गिरीले बताए ।

बैठकमा सोमवारबाट शुरु हुने हिउँदे अधिवेशनमा कसरी प्रश्तुत हुने भन्नेबारेमा छलफल हुनेछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले सांसदहरुलाई प्रशिक्षण दिनेछन् ।

हिजो बसेको बैठकमा अध्यक्ष ओलीले सांसदहरूले संसद्मा खेल्नुपर्ने भूमिकाका बारेमा प्रशिक्षण दिएका थिए । आज संसद्मा प्रतिपक्षको हैसियतले कसरी प्रभावकारी भूमिका निर्वाह गर्ने भन्नेबारेमा दलको नेताले ब्रिफिङ गर्ने बताईएको छ ।

संसद्को हिउँदे अधिवेशन यही माघ २२ गतेबाट बस्दै छ ।