• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   एक सयभन्दा बढी युक्रेनी ड्रोन रोकेको रुसको दाबी ★   ‘मनाङको विकासमा ठेकेदारको लापरवाही’ ★   नेपाली कागजबाट मासिक एक लाख आम्दानी लिँदै पासाङ ★   प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्यो ★   सहकारी प्रकरणमा छानबिन समिति गठन हुनुपर्नेमा प्रतिपक्षी पाँच दल एकमत ★   राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन ★   बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण ★   आजको आईपीएल: लखनउसँग बदला लिने धुनमा मुम्बई ★   मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो,घरजग्गा कर्जामा राष्ट्र बैंक लचक ★   कांग्रेसले तयारीका लागि समय मागेपछि संसद् बैठक बस्न ढिलाइ

राप्रपा नेपालको सकृय सदस्यता बितरण अभियान आजदेखी शुरु



काठमाडौं । राप्रपा नेपालले सकृय सदस्यता बितरण अभियान आज देखि शुरु गर्ने भएको छ। ”

आज पार्टी केन्द्रीय सचिवालयद्वारा आयोजित कार्यक्रममा अध्यक्ष कमल थापाले सकृय सदस्यता लियपछी अभियान शुरु हुनेछ” पार्टीका महामन्त्री एबं केन्द्रीय सचिवालय प्रमुख भाष्कर भद्राले जानकारी दिए ।

आज पार्टी पदाधिकारी र काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्य र जनबर्गिय संगठनका प्रमुखहरुले सकृय सदस्यता लिने पार्टीले जनाएको छ । सकृय सदस्यता सम्बन्धि अबधारणा तथा निति केन्द्रीय समितिको बैठकबाट पास भएपछी यसलाई लागू गर्न लागिएको समेत महामन्त्री भद्राले जानकारी दिए ।

सकृय सदस्यताको म्याद एक बर्ष र पाँच बर्ष तोकिएको र सोही बमोजिम शुक्ल निर्धारण गरिएको पार्टीले जनाएको छ । एक बर्षे सकृय सदस्यताको शुल्क एक सय पचास र पाँच बर्षे सकृय सदस्यताको शुल्क पाँच सय तोकिएको छ । आज अभियानको शुभारम्भ भए पछि अब जिल्ला जिल्लामा पनि सकृय सदस्यता अभियान संचालन हुने जनाईएको छ ।