• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

उज्वेकिस्तानलाई टाईब्रेकरमा हराउँदै कतार एसिया कपको सेमिफाइनलमा



काठमाडौँ । आयोजक कतार एएफसी एसियन कपको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा उज्वेकिस्तानलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गर्दै आयोजक कतारले अन्तिम चारको यात्रा तय गरेको हो ।

निर्धारित समय र अतिरिक्त समयसम्म खेल १–१ गोलको बराबरी भएपछि खेलको विजेताको टुंगो पेनाल्टी शुटआउट बाट लागेको थियो ।

खेलको २७ औं मिनेटमा उज्वेकिस्तानका उत्कीर युसुपोभको आत्मघाती गोलबाट कतारले खेलमा सुरुवाती अग्रता लिएको थियो । यता, ५९ औं मिनेटमा ओडीजोन हाम्रोवेकोभले गोल गर्दै उज्वेकिस्तानलाई बराबरीमा ल्याएका थिए ।

अब कतारले सेमिफाइनलमा इरानसँग प्रतिस्पर्धा गर्नेछ । एसिया कपको सेमिफाइनल समीकरण पनि पूरा भएको छ , जोर्डन र दक्षिण अफ्रिका तथा इरान र कतारले फाइनल प्रवेशका लागि खेल्नेछन् । सेमिफाइनलका खेल मंगलबार र बुधबार हुनेछन् ।