३१ असार २०८३, बुधबार
,
Latest
सम्पत्ति छानबिन नगर्न अन्तरिम आदेश पेट्रोलियम पदार्थको मूल्य यथावत् चार ‘एमिकस क्युरी’ सिफारिस आइटी उद्योगसँग विश्वविद्यालय जोड्न सरकारको पहल, रोजगार र करियर मेला सञ्चालन गरिने सेरीघाट–नाग्म सडक स्तरोन्नति हुँदै गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट प्रतिष्ठित डाना कपमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ पुनः मनोनित संसदको जीवन्तता सांसदहरू जनतासँग कति निकट छन् भन्ने कुराले निर्धारण गर्दछ सुदूरपश्चिममा बजेट पारित गर्न दलहरूसँग संवाद जारी कोशी प्रदेशको पर्यटन प्रवर्द्धन गर्न धरानमा ‘कोरा राइड साइक्लिङ च्यालेन्ज’
तपाईं के खोज्दै हुनुहुन्छ ?

उज्वेकिस्तानलाई टाईब्रेकरमा हराउँदै कतार एसिया कपको सेमिफाइनलमा



अ+ अ-

काठमाडौँ । आयोजक कतार एएफसी एसियन कपको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा उज्वेकिस्तानलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गर्दै आयोजक कतारले अन्तिम चारको यात्रा तय गरेको हो ।

निर्धारित समय र अतिरिक्त समयसम्म खेल १–१ गोलको बराबरी भएपछि खेलको विजेताको टुंगो पेनाल्टी शुटआउट बाट लागेको थियो ।

खेलको २७ औं मिनेटमा उज्वेकिस्तानका उत्कीर युसुपोभको आत्मघाती गोलबाट कतारले खेलमा सुरुवाती अग्रता लिएको थियो । यता, ५९ औं मिनेटमा ओडीजोन हाम्रोवेकोभले गोल गर्दै उज्वेकिस्तानलाई बराबरीमा ल्याएका थिए ।

अब कतारले सेमिफाइनलमा इरानसँग प्रतिस्पर्धा गर्नेछ । एसिया कपको सेमिफाइनल समीकरण पनि पूरा भएको छ , जोर्डन र दक्षिण अफ्रिका तथा इरान र कतारले फाइनल प्रवेशका लागि खेल्नेछन् । सेमिफाइनलका खेल मंगलबार र बुधबार हुनेछन् ।