• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

जोर्डन एसिया कपको सेमिफाइनलमा



काठमाडौँ । जोर्डन कतारमा जारी एफसी एसियन कपको सेमिफाइनलमा प्रवेश गरेको छ । भर्खरै सम्पन्न खेलमा ताजिकिस्तानलाई १–० गोलले हराउँदै जोर्डन अन्तिम चारमा पुगेको हो ।

खेलको ६६ औं मिनेटमा ताजिकिस्तानका भख्दत खानोनोभले आत्मघाती गोलबाट जोर्डनले अग्रता पाएको थियो । जोर्डनका अवदल्लाह नसिबले हेड गरेको बल खानोनोभलाई लागेर गोल हुन पुगेको थियो ।

त्यसपछि खेलमा कुनै गोल हुन सकेन र जोर्डन विजयी बन्यो ।