२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्मा देशभर १७ हजार ८२ व्यवसायी दर्ता News Polar चितवनमा नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित News Polar दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय News Polar कांग्रेस खस आर्य महिला केन्द्रीय सदस्यमा भद्रा पराजुलीको अग्रता, जानुका पन्त दोस्रो News Polar भोजपुरमा माटो कमेरोले घर पोत्ने चलन हराउँदै News Polar कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस News Polar छेपारे पहिरोको पीडाः ‘न बच्यो साहारा, न रह्यो बास’ News Polar भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा News Polar वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो News Polar बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्याः तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन् News Polar दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय News Polar सर्वाधिक १७३ मतसहित नेपाल संयुक्त राष्ट्र मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित News Polar सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा News Polar बजेट खर्चलाई मात्र प्रगतिको आधार नबनाउन निर्देशन News Polar पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम News Polar अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा टिकाउन नीतिगत पहलको खाँचो News Polar खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै News Polar मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु

मोबाइल फोनबाट निस्कने रेडिएसनको असर !

मोबाइल फोनबाट निस्कने रेडिएसनको असर !
अ अ+ अ-

काठमाडौं । मोबाइलबाट निस्कने विकिरण (रेडियसन) स्वास्थ्यका लागि हानिकारक हुने सबैलाई ज्ञान छ । तर, बाध्यता वा रहरले मोबाइललगायत ग्याजेटमा घन्टौँ बिताउनेहरू धेरै छन् । अझ कोरोना महामारीपछिको लकडाउन अवधि र वर्क फ्रम होमले मोबाइल र अन्य इलेक्ट्रोनिक ग्याजेटहरूलाई अभिन्न सामग्री बनाइदिएको छ ।

यो डिभाइसले कार्यशैलीमा त परिवर्तन ल्याइदिएको छ, तर सँगै यस्ता डिभाइसबाट निस्कने विकिरणले स्वास्थ्यमा पनि गम्भीर असर परिरहेको अध्ययनहरूले देखाएका छन् ।
चिकित्सकहरूका अनुसार मोबाइल तथा अन्य ग्याजेटमा अत्यधिक समय बिताउँदा यसबाट निस्कने रेडिएसनले विशेषगरी बालबालिकाको स्वास्थ्यमा असर गरिरहेको हुन्छ । आँखा दुख्नु, घाँटी दुख्ने, टाउको दुख्ने, निद्रा नपर्ने, केही कुरामा ध्यान केन्द्रित गर्न नसक्नेजस्ता समस्या लिएर अस्पतालसम्म पुग्नेहरू धेरै नै रहेको चिकित्सकहरूको भनाइ छ । तर, नेपालमा भने यसको असरबारे हालसम्म कुनै आधिकारिक अध्ययनहरू भएको पाइँदैन ।

अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सले हालै गरेको एक अध्ययनअनुसार अत्यधिक मोबाइल प्रयोगका कारण टाउको दुख्ने, निद्रा गडबडी हुने, मेमोरीमा असर पर्ने, चिडचिडाहट, हात दुखाइ, घाँटी दुख्नेजस्ता समस्या सामान्य बन्न थालेका छन् । न्युरोलोजीसम्बन्धी कुनै पनि समस्या नदेखिएका व्यक्तिमा गरिएको क्लिनिकल ट्रायलमा मोबाइलको इलेक्ट्रोम्याग्नेटिक विकिरणले मस्तिष्कको फ्रिक्वेन्सीमा असर परेको अध्ययनले देखाएको छ ।  

सामान्यतया मस्तिष्कको गतिविधि प्रतिनिधित्व गर्ने अल्फा, बिटा, थेटा र डेल्टा गरी चार किसिमका वेभ हुन्छन् । अध्ययनमा मस्तिष्कको गतिविधि मूल्यांकन गर्न स्वयंसेवकलाई इन्भाइरोचिप दिएर पाँच मिनेट फोनमा कुरा गर्न लगाइयो । अर्को सवयंसेवकमा विनाइन्भाइरोचिप पाँच मिनेट कुरा गर्न लगाएर केही समय आराम गर्न दिइएको थियो । त्यो समयमा आरामको भावनासँग सम्बन्धित वेभ अल्फा र थेटामा विभिन्न किसिमका तरंगहरू भएको पाइएको थियो अर्थात् शरीरमा एक किसिमको तनाव देखिएको थियो ।

करिब ४७ जना स्वयंसेवकमा मोबाइल चलाउँदा मस्तिष्कमा हुने गतिविधि हेर्नका लागि पिइटी स्क्यानर प्रयोग गरेका थिए । फोनमा सक्रिय भएको समयमा स्क्यानरले मस्तिष्कको ग्लुकोजमा केही वृद्धि भएको देखाएको थियो । जसले गर्दा दिमागमा अन्य परिवर्तनहरू देखिने र बिस्तारै समस्या ल्याउन सक्ने अध्ययनको अनुमान थियो । मोबाइल फोनबाट निस्कने रेडिएसनले दिमागमा असर पर्ने विभिन्न अध्ययनले देखाए पनि यसले कसरी असर गर्छ भन्ने विस्तृत अनुसन्धान रिपोर्ट भने सार्वजनिक भएको पाइँदैन ।

कोरोना महामारीपछि विश्वभर गरिएको लकडाउनपछि मोबाइल तथा ग्याजेटमा सक्रिय हुने क्रम अझै बढेको छ । अधिकांश व्यक्तिले यो अवधिका आफ्ना काम ग्याजेटबाटै गरेका थिए । यसको असरबारे ध्यान नदिने हुँदा समस्या गौण बनिरहेका छन् । तर, आँखा दुख्ने, निद्रा नलाग्ने, ध्यान केन्द्रित गर्न नसक्नेजस्ता न्युरोलोजिकल डिसअर्डरहरू मोबाइलको अत्यधिक प्रयोगबाटै हुने गरेको पाइन्छ । लकडाउनको समयमा यस्तो समस्या बढी भएको अनुमान छ । कोभिडका कारण अस्पतालसम्म पुग्ने केसहरू कम भए पनि यसले भविष्यका जटिल समस्या निम्त्याउने अनुमान गर्न सकिन्छ ।’

मोबाइल रेडिएसन किन हानिकारक ?
मोबाइल रेडिएसनले मस्तिष्कको क्यान्सर, ट्युमर भएका घटनाहरू छन् । तर, यसबारे विस्तृत अध्ययन भने भएको पाइँदैन । मोबाइलको रेडिएसनले मात्र नभई यसको लतले सम्पूर्ण स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेको हुन्छ ।

मोबाइलको विकिरणले मस्तिष्कलाई दुई तरिकाले असर गरिरहेको हुन्छ । पहिलो मोबाइल कानमा राख्दा यसको तापले कानको स्नायुलाई सीधा असर गरिरहेको हुन्छ । अर्थात् एक घन्टा मोबाइल चलाउँदा दिने ताप, एक मिनेटमा माइक्रोवेभले दिने तापबराबर हुन्छ ।

दोस्रो, जैविक असर हो । अर्थात् शरीरका कोषहरू सञ्चारका लागि एक–अर्कासँग जोडिएका हुन्छन् । मोबाइल चलाउँदा रेडिएसनले यसमा बाधा पारिरहेको हुन्छ । अर्थात् रेडिएसनले शारीरिक प्रणालीलाई बाधा पुर्‍याउँदा कोषहरूले सञ्चार गर्न बढी मिहिनेत गर्नुपर्ने हुन्छ ।

बदलिँदो जीवनशैलीसँगै मोबाइल फोन अत्यावश्यकजस्तै भइसकेको छ । योसँगै यसका असरबारे चासो नदिँदा स्वास्थ्य समस्या पनि बढिरहेको चिकित्सकहरू बताउँछन् । सुत्ने वेलामा मोबाइल सिरानीमा नराख्न, फोनमा कुरा गर्दा सकेसम्म कानबाट टाढा राख्न वा अन्य डिभाइसको प्रयोग गर्न, बालबालिकालाई फोनको प्रयोग घटाउन वा यसले पार्ने असरको नियन्त्रण उपाय अपनाउन न्युरोलोजिस्टहरू सल्लाह दिन्छन् । (एजेन्सीको सहयोगबाट)