• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

साउथ अभिनेता विजयले राजनीतिक पार्टी खोले



एजेन्सी । लोकसभा चुनाव अघि साउथ अभिनेता विजयले तमिलनाडुमा राजनीतिक पार्टी खोलेका छन् । उनले पार्टीको नाम ‘तमिलगा वेत्री कझाम’ राखेका छन् । यसको हिन्दीमा अर्थ तमिलनाडु विजय पार्टी रहेको छ ।

अभिनेता विजयले सन् २०२६ को विधानसभा चुनाव लड्ने विश्वास गरिएको छ । तर, उनले लोकसभा चुनाव लड्न अस्वीकार गरेका छन् । विजयले कुनै पनि पार्टीलाई समर्थन नगर्ने बताए । पार्टी बैठक बसेर सो निर्णय गरेको विजय बताउँछन् ।

विजयले फिल्ममा काम जारी राख्नुका साथै राजनीतिमा आएर तमिलनाडुका जनताको सेवा गर्ने पनि बताए ।

तमिलनाडुमा विजयको ठूलो फ्यान फलोइङ छ । उनको इन्स्टाग्राममा १०.५ मिलियन फलोअर्स र ट्विटरमा ४.९ मिलियन फलोअर्स छन् । उनी प्रायः खाँचोमा परेका मानिसहरूलाई सहयोग गरिरहेको देखिन्छन् ।

विजय सबैभन्दा धेरै पारिश्रमिक लिने तमिल अभिनेता हुन् । उनले आफ्नो आगामी फिल्म ‘थलापथी ६५’ को लागि १०० करोड पारिश्रमिक लिइरहेका छन् । शुल्कको मामिलामा उनले ‘दरबार’का लागि ९० करोड भारु लिने रजनीकान्तलाई पनि पछि पारेका छन् ।