२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले खेल्ने टी–२० विश्वकप क्रिकेटको अनलाइन टिकट बिक्री खुला



अ+ अ-

काठमाडौँ । अमेरिका र वेस्टइन्डिजमा हुन लागेको आइसीसी टी २० विश्वकप क्रिकेटको अनलाइन टिकट बिक्री खुला गरिएको छ ।

आईसीसीका अनुसार टिकट ७ फेब्रुअरीसम्म जारी रहने छ । टी २० विश्वकप क्रिकेट जुन १ देखि २९ तारिखसम्म आयोजना हुँदैछ ।

आइसीसीले अनलाइन टिकट खरिद गर्दा एउटा आइडीबाट बढीमा ६ वटामात्रै किन्न पाइने नियम बनाएको छ । यसैगरी प्रत्येक खेलको टिकट मूल्य पनि फरक फरक रहेको छ । विश्वकपको सबैभन्दा सस्तो टिकट ६ डलरको र महँगो २५ डलरको रहेको छ ।

कसरी किन्न सकिन्छ टिकट ?
टिकटहरूको लागि, पहिले टी २० विश्वकपको आधिकारिक वेबसाइटमा गएर रजिस्टर्ड हुनुपर्छ । त्यसपछि प्रक्रिया सफल भएमा आवेदकले इ–मेल प्राप्त गर्नेछन् । यस मार्फत उनीहरूलाई कुन खेलको टिकट सुरक्षित गरेका छन् भन्नेबारे जानकारी दिइनेछ । त्यसपछि एउटा लिङ्क उपलब्ध हुनेछ जसमार्फत भुक्तानी गर्नुपर्नेछ । यदि तोकिएको समयभित्र भुक्तान नगरेमा टिकटहरू खुला बिक्रीको लागि पूलमा फिर्ता गरिनेछ ।

विश्वकपमा नेपालसहित २० देशले प्रतिस्पर्धा गर्दैछन् । लिगचरणदेखि फाइनलसम्म ५५ वटा खेल हुने छन् । आइसीसीले निकालेको खेल तालिका अनुसार नेपाल समूह डीमा रहेको छ । यो समूहमा नेपालसहित दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स छन् ।

हरेक समूहमा रहेका देशले ४–४ खेल खेल्ने छन् । ४ समूहका शीर्ष २–२ टिम गरी कुल ८ टिम सुपर–८ मा पुग्नेछन् । सुपर–८ मा पनि २ समूहमा प्रतिस्पर्धा हुनेछन् । सुपर–२ को २ समूहका शीर्ष २–२ टिम सेमिफाइनलमा पुग्नेछन् ।

नेपालले पहिलो खेल जुन ४ मा नेदरल्यान्डस्, दोस्रो खेल श्रीलंकासँग जुन ११, तेस्रो खेल दक्षीण अफ्रिकासँग जुन १४ र चौथो खेल बंगलादेशसंग जुन १६ मा खेल्नेछ ।