१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

दाहाल–नेपाल पक्षको सूचना दर्ता गर्न संसद सचिवालय मानेन (भिडियो सहित)

दाहाल–नेपाल पक्षको सूचना दर्ता गर्न संसद सचिवालय मानेन (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । संघीय संसद सचिवालयले संविधान र संसद सञ्चालन कार्यविधि अनुसार अगाडि बढ्ने स्पष्ट पारेको छ । 

आईतबार बिहान संञ्चारकर्मीहरुसंग बोल्दै संघीय संसद सचिवालयका प्रवक्ता डाक्टर रोजनाथ पाण्डेले दल विभाजनको आधिकारीकता नभईसकेकाले स्थान, कार्यव्यवस्था समितिमा सहभागी गराउने सदस्य, सेवा सुविधा लगायत विषयमा विद्यमान ऐन अनुसार नै सचिवालय अघि बढ्ने स्पष्ट पार्नुभएको हो । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्रको विवादका कारण पार्टी भित्रैका दुई समूहले आ-आफ्नै ढंगले निर्णय गरि सचिवालयमा पठाएपछि बैठक कसरी सञ्चालन हुने हो भन्ने अन्यौल रहेका बेला सचिवालय विद्यमान ऐन कार्यविधि अनुसार अघि बढ्ने निष्कर्ष निकालेको हो ।

प्रधानमन्त्री केपी ओली समूहले प्रमुख सचेतकमा देव गुरुङलाई हटाएर बिशाल भट्टराईलाई नियुक्त गरेको छ भने प्रचण्ड माधव समुहले संसदीय दलको नेताबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेताबाट हटाउनुको साथै नेताको हैसियतले कुनै पनि काम कारवाहीलाई मान्यता नदिन सचिवालयमा पत्र दर्ता गराएको छ । यस्तो अवस्थामा कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुखले विगतमा सभाबाट अनुमोदन भएका १७ जना सदस्य मध्येबाटै सहभागी गराउने संचिवालयका प्रवक्ता पाण्डेले बताउनुभयो । उहाँले पार्टी दुईवटा भएको आधिकारिता पनि प्राप्त नभएको र दुवै समुहले आ आफ्ना ढंगले दलको नेता तथा प्रमुख सचेतकमा नियुक्ति गरेकाले तात्कालिन संक्रमणकालिन अवस्थामा सचेतकलाई सेवा सुविधा उपलब्ध गराईएको जानकारी दिनुभयो ।

उहाँले दुवै समुहले उपलब्ध गराएका विषयहरु सचिवालयमा जानकारीको रुपमा मात्रै रहने र कसलाई मान्यता दिने भन्ने अधिकार सचिवालयले नराख्ने भएकाले विद्यमान ऐन अनुसार सचिवालयले सहजिकरण मात्रै गर्ने बताउनुभयो । आधिकारीक रुपमा दल विभाजन नईसकेकाले नेकपा सांसदहरु पहिले जस्तै सत्तारुढ दलकै एकै लहरमा बस्ने व्यवस्था मिलाईएको उहाँले जानकारी दिनुभयो ।  

उहाँले भन्नुभयो “विगतमा सभाबाट अनुमोदन भएका १७ जना मध्ये बाट नै सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठकमा बोलाउनुहुन्छ ।… नयाँ मनोनय हुनुभएका प्रमुख सचेतकलाई नै बोलाउनुपर्छ भन्ने छैन । सुविधा चाहि कानुन त एउटाले मात्रै प्राप्त गर्नुपर्ने हो तर यो संक्रमाकालिन अवस्था भएकाले हाल दुवैलाई उपलब्ध गराईएको छ । …दलको दुईवटा समूहको छलफल चलिरहेको र दल विभाजनको औपचारिक पत्र प्राप्त नखभईसकेकाले एउटै रो मा बस्ने व्यवस्था मिलाइएको छ । अहिले नयाँ पुरानो दुवै प्रमुख सचेतकले सुविधा लिईरहनुभएको छ । ”

संसदको हिउँदे अधिवेशनको बैठक आईतबार ४ बजेका लागि बोलाईएको छ । गत असार १८ गते सरकारले अधिवेशसन अन्त्य गरेको थियो । त्यसैबीचमा प्रधानमन्त्री केपी शर्मा ओलीले पुस  ५ गते प्रतिनिधिसभा विघटन गर्नुभएको थियो । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम खारेज गरी १३ दिन भित्र संसदको अधिवेशन बोलाउन सर्वोच्च अदालतले परमादेश जारी गरेपछि आईतबार प्रतिनिधिसभाको बैठक बस्न लागेको हो ।