२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

फरवार्ड सावित्रा फ्रान्सको शीर्ष डिभिजन क्लबमा अनुबन्धित



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ फ्रान्सको शीर्ष डिभिजन क्लबमा अनुबन्ध भएकी छन् ।

उनलाई शीर्ष डिभिजन क्लब एन आभान्ट गिनगाम्पले डेढ वर्षका लागि अनुबन्ध गरेको हो । क्लबले बिहीबार आफ्नो अफिसियल फेसबुक पेज र वेबसाइटमार्फत साम्बाको अनुबन्धबारे जानकारी गराएको छ । उनी २८ नम्बरको जर्सी लगाएर मैदानमा उत्रिनेछिन् ।

सावित्रा एक सिजनका लागि इजरायलको क्लब हापोएल रानानामा अनुबन्ध भएकी थिइन् । इजरायल र हमासबीच युद्ध सुरू भएपछि सबै खेल रोकिएर उनी नेपाल फर्किएकी थिइन् ।

नयाँ यात्राका लागि गत सोमबार फ्रान्स उडेकी उनको स्वास्थ्य परीक्षणपछि टोलीमा अनुबन्ध गरिएको क्लबले जनाएको छ।

नेपाली राष्ट्रिय टोलीका लागि सर्वाधिक गोलकर्ता सावित्राले अन्तर्राष्ट्रिय खेलमा ४२ गोल गरिसकेकी छन् । यसअघि भारतमा ‘इन्डियन वुमन्स लिग’ खेलेकी सावित्रा आवद्ध क्लबले तीन पटक उपाधि जितिसकेकी छन् ।

गिनगाम्प जारी लिगको १२ खेलमा २ जित, २ बराबरी र ८ हारका साथ ८ अंकसहित दशौं स्थानमा छ । १२ टोली सम्मिलित लिगमा अझै यो सिजन १० खेल बाँकी रहेको छ ।

फ्रान्सेली लिग महिला फुटबलमा विश्वकै उत्कृष्ट मध्यको एक मानिन्छ । ओलम्पिक लिओने र पेरिस सेन्ट जर्मेनमा विश्व स्तरीय फुटबलर खेल्छन् र च्याम्पियन्स लिगमा पनि दाबेदारी रहँदै आएको छ ।

यसबाट सावित्राले थप अनुभव पाउनेछिन् र उक्त अनुभवले नेपाली राष्ट्रिय टोलीलाई पनि राम्रो खेल खेल्नका लागि सावित्राबाट थप मद्दत मिल्नेछ ।