६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

फरवार्ड सावित्रा फ्रान्सको शीर्ष डिभिजन क्लबमा अनुबन्धित



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ फ्रान्सको शीर्ष डिभिजन क्लबमा अनुबन्ध भएकी छन् ।

उनलाई शीर्ष डिभिजन क्लब एन आभान्ट गिनगाम्पले डेढ वर्षका लागि अनुबन्ध गरेको हो । क्लबले बिहीबार आफ्नो अफिसियल फेसबुक पेज र वेबसाइटमार्फत साम्बाको अनुबन्धबारे जानकारी गराएको छ । उनी २८ नम्बरको जर्सी लगाएर मैदानमा उत्रिनेछिन् ।

सावित्रा एक सिजनका लागि इजरायलको क्लब हापोएल रानानामा अनुबन्ध भएकी थिइन् । इजरायल र हमासबीच युद्ध सुरू भएपछि सबै खेल रोकिएर उनी नेपाल फर्किएकी थिइन् ।

नयाँ यात्राका लागि गत सोमबार फ्रान्स उडेकी उनको स्वास्थ्य परीक्षणपछि टोलीमा अनुबन्ध गरिएको क्लबले जनाएको छ।

नेपाली राष्ट्रिय टोलीका लागि सर्वाधिक गोलकर्ता सावित्राले अन्तर्राष्ट्रिय खेलमा ४२ गोल गरिसकेकी छन् । यसअघि भारतमा ‘इन्डियन वुमन्स लिग’ खेलेकी सावित्रा आवद्ध क्लबले तीन पटक उपाधि जितिसकेकी छन् ।

गिनगाम्प जारी लिगको १२ खेलमा २ जित, २ बराबरी र ८ हारका साथ ८ अंकसहित दशौं स्थानमा छ । १२ टोली सम्मिलित लिगमा अझै यो सिजन १० खेल बाँकी रहेको छ ।

फ्रान्सेली लिग महिला फुटबलमा विश्वकै उत्कृष्ट मध्यको एक मानिन्छ । ओलम्पिक लिओने र पेरिस सेन्ट जर्मेनमा विश्व स्तरीय फुटबलर खेल्छन् र च्याम्पियन्स लिगमा पनि दाबेदारी रहँदै आएको छ ।

यसबाट सावित्राले थप अनुभव पाउनेछिन् र उक्त अनुभवले नेपाली राष्ट्रिय टोलीलाई पनि राम्रो खेल खेल्नका लागि सावित्राबाट थप मद्दत मिल्नेछ ।