२१ असार २०८३, आईतवार
,
Latest
सञ्चार क्षेत्रका समस्या समाधानका लागि रचनात्मक सुझावसहित संवादमा आउन महासंघलाई सञ्चारमन्त्रीको आग्रह थाइल्यान्डबाट ल्याइएको २.८ केजी गाँजासहित भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ किसान सूचिकरण अभियानले लियो तीव्र गति, २६ लाख ४५ हजार किसान परिवार सूचीकृत अमेरिकाले भव्य रूपमा मनायो २५०औँ स्वतन्त्रता दिवस- फोटो फिचर कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु सरकारको १०० दिने कार्यसम्पादनबारे कांग्रेसले आज धारणा सार्वजनिक गर्ने पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्ने वा त्रसित बनाउने सरकारको सोच छैनः सञ्चारमन्त्री डा. तिमिल्सिना सुनचाँदीको मूल्यमा सामान्य गिरावट बर्दिबास नगरपालिकाले पूरा गर्‍यो साक्षरताका १२ सूचक, साक्षर नगर घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नेकपा’ नाम ऋषि कट्टेललाई दिने सर्वाेच्चको फैसला



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले ‘नेपाल कम्युनिष्ट पार्टी’ नामक राजनीतिक दल ऋषि कट्टेलले नेतृत्व गरेकै दलको भएको फैसला गरेको छ । न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आज उक्त दल कट्टेलकै भएको फैसला सुनाएको हो । 

रिट निवेदकको मागबमोजिम रिट जारी गर्ने अदालतको फैसला भए पनि फैसलाको पूर्ण पाठ भने आउन बाँकी रहेको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिनुभयो ।

केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले आफ्नो दलको नामसँग जुधाएको भनी नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले रिट निवेदन दायर गर्नुभएकामा सुनुवाइ यही फागुन १३ गते सम्पन्न भएको थियो । अध्यक्ष कट्टेलले निर्वाचन आयोगमा २०६९ मा नेकपाका नाममा आफूले दल दर्ता गरेको तर तत्कालीन नेकपा(एमाले) र नेकपा९माओवादी०बीच २०७५ साल जेठ ३ गते  एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नाममा निर्वाचन आयोगमा दल दर्ता भएकोविरुद्ध  निवेदन दायर गर्नुभएको थियो ।

अध्यक्ष कट्टेलले आयोगमा त्यसविरुद्ध उजूरी दिए पनि ओली र दाहाल अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पक्षमा निर्णय गरेको थियो । सो निर्णयविरुद्ध अध्यक्ष कट्टेलले २०७५ साल मङ्सिर २१ गते  अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।