२० भाद्र २०८३, शनिबार
,
Latest
त्यो दिन छात्रावासमा सामान लिन गएको भए… टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम भोटेकोशी बाढीको कहर: ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’ होर्मुज जलसन्धिमा सेना परिचालन गर्ने विषयमा दक्षिण कोरियाद्वारा समीक्षा प्राकृतिक विपत्ति अकल्पनीय छ, राहत र पुनर्निर्माणलाई प्राथमिकता दिऔँः अध्यक्ष ओली ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई बाढीपीडितका देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो
तपाईं के खोज्दै हुनुहुन्छ ?

५ जेठअघि नै स्थानीय तहको निर्वाचन हुन्छ : प्रधानमन्त्री देउवा



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी जेठ  ५ अघि नै  स्थानीय निकायको निर्वाचन गर्ने गरी घोषणा गर्न लागेको बताउनुभएको छ । नेपाली कांग्रेसको बागमती प्रदेशका सभापति इन्द्र बानियाँसहितको टोलीसँग सोमबार प्रधानमन्त्री देउवाले जेठ ५ अघि नै निर्वाचन गर्ने गरी घोषणाको तयारी भएको बताउनुभएको हो ।

बानियाँले केही दिनमै निर्वाचनको घोषणा हुने प्रधानमन्त्री देउवाले भन्नुभएको बताउनुभयो । यसअघि नेकपा माओवादी (केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले स्थानीय निकायको निर्वाचन निर्धारित समयभन्दा छ महिना पर धकेल्न आग्रह गरेका थिए ।

प्रधानमन्त्री देउवाले ती पार्टीका प्रमुखहरुको आग्रहलाई अस्वीकार गर्दै नेकपा एमालेको माग र संविधानअनुसार समयमै निर्वाचन गर्ने तयारी सुरु गर्नुभएको हो ।