२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar श्रीलंकासँग आर्थिक साझेदारी बलियो बनाउने राजदूत झाको प्रतिबद्धता News Polar तुलसीपुर प्रहरीका लागि ‘बडी बर्न’ क्यामेरा News Polar मतदातासूचीबाट तीन हजार ४७२ मतदाताको नाम हटाइयो News Polar वीरगन्जमा फरार प्रतिवादी प्रक्राउ News Polar कांग्रेस महाधिवेशन : आदिवासी जनजातितर्फको मतगणना सम्पन्न, बहादुर सिंह लामा तामाङ विजयी News Polar प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब मौज्दात News Polar राजदूत सुनारबारे प्रहरीको अभिलेखमा मिलापत्र, डिपोर्टबारे अध्यागमनसँग विवरण छैन News Polar दसैँअवधिभर काभ्रेमा टिपर सञ्चालनमा रोक News Polar ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु News Polar पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्मा देशभर १७ हजार ८२ व्यवसायी दर्ता News Polar चितवनमा नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित News Polar दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय News Polar कांग्रेस खस आर्य महिला केन्द्रीय सदस्यमा भद्रा पराजुलीको अग्रता, जानुका पन्त दोस्रो News Polar भोजपुरमा माटो कमेरोले घर पोत्ने चलन हराउँदै News Polar कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस News Polar छेपारे पहिरोको पीडाः ‘न बच्यो साहारा, न रह्यो बास’ News Polar भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा News Polar वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो News Polar बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्याः तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन् News Polar दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय

ऋषि कट्टेलले भने : ‘ओली–प्रचण्डलाई धन्यवाद’

ऋषि कट्टेलले भने : ‘ओली–प्रचण्डलाई धन्यवाद’
अ अ+ अ-

काठमाडौं । नेकपा ओली पक्ष र प्रचण्ड–माधव पक्षलाई ऋषि कट्टेलले धन्यवाद दिएका छन् । नेकपा विवादमा सर्वोच्च अदालतले आइतबार कट्टेलको पक्षमा फैसला गरेसंगै उनिहरुलाई धन्यवाद दिएका हुन् । 

ओली–प्रचडलाई पहिल्यै नाम नजुधाउन आग्रह गर्दा उनीहरुले नमानेको भन्दै तर अहिले न्याय पाएको कट्टेलले प्रतिक्रिया दिए ।

‘मैले पहिल्यै नाम नजुधाउनु भनेको थिएँ, जुधाए । मलाई जर्बजस्ती पेल्न खोजेका थिए । तर, सर्वोच्चले खारेज गरिदियो । मलाई त चित्त बुझ्ने नै भयो’, खुसी हुदै कट्टेलले रातोपाटीसँग भने, ‘उनीहरुले पनि निकास पाए, सास फेरे ठिकै भयो ।’

उनले ३ बर्षसम्म आफ्नो पार्टीको प्रचार गरिदिएकोमा ओली प्रचण्डलाई धन्यवाद दिए ।

‘मलाई त धेरै फाइदा भयो नि । नाम राखेदेखि सवै मिडियाले कोअपरेट पनि गरिदिए । तर अहिले सरकार पक्ष हार्यो । राष्ट्रिय विषय बन्यो । हाम्रो पार्टीलाई देशभरका मान्छेले चिन्ने मौका पाए । हाम्रै प्रचार गरिदिए,’ कट्टेलको भनाइ छ ।