२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले संसदीय दलको बैठक बस्दै



file photo
अ+ अ-

काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक बस्दैछ । अध्यक्ष केपी शर्मा ओलीले शनिवार र आइतबार दुई दिनका लागि दलको बैठक बोलाएका एमाले प्रमुख सचेतक पदम गिरीले जानकारी दिए ।

संसद भवनको ल्होत्से हलमा बैठक मध्याह्न १२ बजे बैठक बस्ने गरी बोलाईएको छ । बैठकमा सरकारका कामकारबाही र जनसरोकारका मुद्दामा प्रमुख प्रतिपक्षी दल कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने सचेतक गिरीले बताए ।

संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा आज नेपाली कांग्रेस र रास्वपाले पनि संसदीय दलको बैठक बोलाएको छ । माघ २२ गतेबाट संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ ।