• ११ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 24 2024
  •   Unicode
Logo

प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता



काठमाडौँ । सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुई नेताबिच भेटवार्ता भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार गोविन्द आचार्यले जानकारी दिए ।

भेटवार्तामा संसद्को हिउँदे अधिवेशन तथा सदन सञ्चालन र कानुन निर्माणबारे छलफल भएको बताईएको छ । माघ २२ गतेबाट संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ ।

प्रधानमन्त्री प्रचण्डसँग सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि भेटवार्ता गर्दैछन् ।