५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा कोरोना भाइरसबाट एक लाख ६७ हजार भन्दा बढी सङ्क्रमित



अ+ अ-

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसका कारण थप एक ६७ हाजार भन्दा बढी सङ्क्रमित भएका छन् । भारतमा कोरोना भाइरसबाट अहिलेसम्म चार करोड १४ लाख ६९ हजार ४९९ सङ्क्रमित भएका केद्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले  मङ्गलबार जनाएको छ ।
 
सरकारी अधिकारीहरूले मंगलबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा एक लाख ६७ हजार ५९ नयाँ सङ्क्रमित भएका हुन । पछिल्लो एक दिनमा भारतमा  एक हजार १९२ जनाको कारोना भाइरस सङ्क्रमणको कारण मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । यससँगै कोरोना भाइरसका कारण मृत्यु भएका कुल मृतकको सङ्ख्या चार लाख ९६ हजार २४२ पुगेको छ ।  
 
मन्त्रालयले १७ लाख ४३ हजार ५९ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेको जनाएको छ । यस अवधिमा नयाँ सङ्क्रमित भन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै गएको हो ।

सङ्घीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा दुई लाख ५४ हजार ७६ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यसैसंगै भारतमा तीन करोड ९२ लाख ३० हजार १९८ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् । (रासस/सिन्ह्वा)