५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा

लिभरपुल फेरि गृह मैदानमा पछारियो, फुलह्यामसँग १–० ले पराजित

लिभरपुल फेरि गृह मैदानमा पछारियो, फुलह्यामसँग १–० ले पराजित
अ+ अ-

एन्फिल्डः प्रिमियर लिगको डिफेन्डिङ च्याम्पियन लिभरपुल आफ्नै गृह मैदान एन्फिल्डमा फेरि पराजित भएको छ । आइतबार भएको खेलमा लिग लिडर लिभरपुललाई फुलह्यामले १–० ले पराजित गरेको हो ।

तुलनात्मक रुपमा फितलो खेल प्रदर्शन गरेको लिभरपुलमाथि फुलह्यामले पहिलो हाफको ४५औं मिनेटमा गोल गरेको थियो । फुलह्यामका लागि मारिओ लामिनाले गोल गरेका थिए ।

त्यसपछि दोस्रो हाफमा लिभरपुलले केही आक्रामक प्रयास गरेको भए पनि गोल गर्न सकेन ।

यस सिजनमा एन्फिल्डमा लिभरपुल लगातार छ खेलमा पराजित भइसकेको छ । लिभरपुलले अर्को खेल मार्च १५ मा उल्भ्स विरुद्ध खेल्नेछ ।

एन्फिल्डमा लिभरपुल चेल्सी (१–०), एभर्टन (२–०), म्यान्चेस्टर सिटी (४–१), ब्राइटन (१–०), बर्नली (१–०) सँग पराजित भएको छ ।  

चालु सत्रमा २८ खेलबाट ४३ अंकसँगै लिभरपुल सातौं स्थानमा छ । – AFP