१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

मिडिया काउन्सिल विधेयकमा प्रेस काउन्सिलको चासो

मिडिया काउन्सिल विधेयकमा प्रेस काउन्सिलको चासो
अ अ+ अ-

काठमाडौँ । सरकारले अघि बढाएको मिडिया काउन्सिल तथा आमसञ्चार विधेयकबारे प्रेस काउन्सिल नेपालले चासो देखाएको छ ।

बिहीवार काठमाडौंमा सरोकारवालाहरुसँग प्रेस काउन्सिल नेपालले मिडिया काउन्सिल तथा आमसञ्चार विधेयकको सम्बन्धमा छलफल गरेको हो ।

नेपाली मिडियाको विकास तथा संवद्र्धन गर्दै नियमन गर्ने भनि अघि बढाएको मिडिया काउन्सिल लगायतका विधेयकको सम्बन्धमा सरोकारवालाहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । सरकारले मिडिया काउन्सिल विधेयक, आमसञ्चार सम्बन्धी विधेयक परिमार्जन नगरी अगाडी बढाउनु नहुने विज्ञहरुले सुझाव दिँदै आएका छन् । मिडिया काउन्सिल सम्बन्धि विधेयकले प्रेस काउन्सिल नेपालको संरचनालाई प्रभाव पार्ने भन्दै यसको बिरोध हुँदै पनि हुँदै आएको छ ।

यसै सन्दर्भमा न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सरकारले ल्याउने सञ्चार संवद्ध विधेयकहरु मिडिया प्रवद्र्धन, सञ्चारको विकास र पत्रकारहरुको हक, हितका लागि हुनुपर्ने भन्दै आफुहरुले छलफल चलाइरहेको बताउनु भयो । उहाँले त्यस्ता विधेयकहरु मिडिया र मिडियाकर्मीको विकास र संवद्र्धनप्रति केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । आगामी दिनमा बन्ने कानूनले मिडियामाथि आइलागेका संकटलाई सम्बोधन गर्नुपर्ने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘प्रेस काउन्सिलले सञ्चार क्षेत्रको विकास, संवद्र्धन, प्रवद्र्धनका लागि सरकारले जुन खालका विधेयकहरुमा आफ्नो खालको तयारी गरेको छ । र केही विधेयकहरु संसदमा जाँदैछन् । संसदमा जाने विधेयकहरु साँच्चिकै मिडिया प्रवद्र्धनका लागि, सञ्चारका विकासका लागि, पत्रकारको हक, हितका लागि हुनुपर्छ भन्ने सन्दर्भमा हामीले पनि छलफल चलाइरहेका छौँ । हामीले सरकारलाई सुझाव पनि दिन्छौँ । यति मात्रै हो कि आएका सञ्चार संवद्ध विधेयकहरु विवादमा नपरुन्, विवादास्पद नहुन्, तिनले जनताको हित गरोस्, मिडिया र मिडियाकर्मीको विकास र संवद्र्धनप्रति ति विधेयकहरु केन्द्रित हुन् भन्नेमा हाम्रो चासो, चिन्ता र सरोकार छ ।

सरकारलाई पनि त्यही सुझाव दिनका लागि हामीले विभिन्न सुझाव संकलन गर्ने कार्यक्रमहरु पनि गरिरहेका छौँ । अहिले मिडियामाथि आइलागेका संकटलाई सम्बोधन गर्ने खालका आगामी कानूनहरुले त्यसलाई सम्बोधन गर्नुपर्छ भन्ने हाम्रो प्रमुख सरोकार हो । प्रेस काउन्सिल ऐनलाई, अथवा अहिलेको प्रेस काउन्सिललाई कसरी मजबुत बनाउन सकिन्छ, कसरी थप अधिकारसम्पन्न बनाउन सकिन्छ भन्ने सन्दर्भमा हाम्रो जहिलेपनि सरोकार हुन्छ । सरकारले पनि यो पक्ष त हेर्छ नै । चाहे त्यो कानून संशोधन गरेर होस् । चाहे काउन्सिललाई थप स्वायत्तता बनाउन कानूनी पूर्वाधार बनाएर होस् यो विषयमा हाम्रो सरोकार हुन्छ ।’

अध्यक्ष बस्नेतले प्रेस काउन्सिल ऐन अथवा प्रेस काउन्सिल नेपालाई मजबुत र अधिकारसम्पन्न बनाउनेगरी विधेयक आउनुपर्नेमा जोड दिनुभयो । सकारले प्रेस काउन्सिललाई बलियो बनाउन ध्यान दिनुपर्ने उहाँको भनाई छ