३ पुष २०८२, बिहीबार
,
Latest
मतगणना अपडेटः उपमहासचिवमा शीर्ष तीनमा परेनन् विष्णु रिमाल १ हजार १३९ मत गन्दा ओलीको ८४३ मत, अरु कसले कति पाए (सूचीसहित) सरकारी संरचना निर्माणमा स्वदेशी वन पैदावारको प्रयोग बढाउनुपर्छः मन्त्री चौलागाईं चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता नेपाल–कम्बोडिया अन्तरराष्ट्रय व्यापार सम्मेलन घोषणा व्यवसायीलाई उच्च मनोबलका साथ लगानी बढाउन गभर्नर पौडेलको आग्रह सबै राजनीतिक दल निर्वाचनमा होमिसके, जनता भोट हाल्न आतुर छन्ः सञ्चारमन्त्री खरेल जेन–जी युवा पुस्ताको आन्दोलनले मुलुकलाई नयाँ दिशा दियोः उपराष्ट्रपति यादव एमाले पदाधिकारीको ताजा अपडेटः कसले कति मत पाए ? (सूचीसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतपुर मेयर्स कप क्रिकेटको खेल तालिका सार्वजनिक



अ+ अ-

भरतपुर । भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको नकआउट चरणको खेल तालिका सार्वजनिक भएको छ । आगामी माघ २६ गतेदेखि सुरु हुने प्रतियोगितामा सहभागी २० वटा विद्यालयलाई दुईवटा समूहमा विभाजन गरिएका छन् ।

प्रतियोगितामा सहभागी महानगरभित्रका १० सामुदायिक विद्यालय समूह ‘ए’ मा छन् भने बाँकी १० वटा निजी विद्यालय समूह ‘बी’ मा छन् । माघ २६ देखि फागुन १ सम्म हरेक दिन २ खेल खेलाउने गरी तालिका बनाइएका छन् ।

नकआउट चरणमा विजयी ५ सामुदायिक र ५ निजी विद्यालयले मेयर्स कप लिग खेल्नेछन् । राउण्ड रोबिनका आधारमा खेलाइने लिग चरणका खेल फागुन ४ बाट सुरु गरिने सहआयोजक चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदीप पियाले जानकारी दिए ।

प्रतियोगितामा सहभागी १० वटा सामुदायिक विद्यालयलाई प्रतियोगिताका मूल प्रायोजक एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवनले आवश्यक खेलसामग्री र गेम जर्सी प्रदान गर्न लागेको छ । आगामी माघ २४ गते आयोजक भरतपुर महानगरपालिकाको सभाहलमा आयोजना गरिने कार्यक्रममा ती खेलसामग्री र जर्सी हस्तान्तरण गरिने एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए । एक्सपर्टले ८ लाख ६० हजार बराबरका खेलसामग्री र जर्सी दिने समझदारी महानगरसँग गरेको छ ।

भरतपुर महानगरपालिकाले ग्रासरुट क्रिकेटको विकास गर्नका लागि मेयर्स कप वार्षिक बजेटमै समेटेको छ । यसलाई निरन्तर अघि बढाउने योजना भरतपुर महानगरपालिकाको रहेको मेयर रेनु दाहालले बताएकी छन् ।