• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   एक खेल पनि नहारी बुन्डेसलिगा लिग जित्यो लिभरकुसेनले ★   बैंगलोर नवौं पटक आईपीएल प्लेअफमा, चेन्नईलाई २७ रनले हरायो ★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा

रास्वपाले मेलम्चीसहित २१ अलपत्र आयोजनाहरूमा दबाब यात्रा गर्ने



file photo

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले अलपत्र आयोजनाहरूमा दबाब यात्रा गर्ने भएको छ । मेलम्चीसहित अलपत्र रहेका २१ आयोजनाहरूमा दबाब दिन पैदल यात्रा गर्न लागेको रास्वपाले जनाएको छ ।

माघ २१ गते मेलम्ची खानेपानी आयोजनामा दबाब दिएर यात्राको सुरुवात गर्न लागिएको रास्वपाले जनाएको छ । दबाबको लागि पार्टीले प्रतिनिधिसभा सांसदहरूलाई जिम्मेवारी दिएको छ । सातै प्रदेशमा तीन वटाका दरले २१ आयोजनाहरूमा दबाब यात्रा गर्ने लागिएको हो ।

बागमति प्रदेशमा सभापति रवि लामिछाने सहितले मेलम्ची खानेपानी आयोजनामा र नारायणगढ-पुल्चोक-गोन्द्राङ सडकमा दबाब यात्रा गर्नेछन् ।

कोशी प्रदेशमा तोसिमा कार्कीसहितले भेडेटार-रवि-राँके सडक, निशा डाँगीले सगरमाथा राजमार्ग(गाईघाट-दिक्तेल र अशोककुमार चौधरीले सडक),इनरूवा-देवानगंज_कोवाखोच सडकमा दबाब यात्रा गर्नेछन् ।

मधेशमा गणेश पराजुलीले कमला पूल (धनुषा र सिरहा)  र हेटौंडा-ढक्लेवर- इनरूवा ट्रान्समिसन लाइन, उपसभापति डिपी अर्यालले काठमाडौं-मधेस द्रुतमार्ग र मनीष झासहितर्ले जनकपुर परिक्रमा सडक (धनुषा)मा दबाब यात्रा गर्नेछन् ।

गण्डकी प्रदेशअन्तर्गत बुर्तिबाङ-बाग्लुङ सडक (मध्यपहाडी लोकमार्ग, पहिलो खण्ड)मा शिव नेपालीसहित, घुमाउने पुल र सडक (चितवन र तनहुँ) स्तरोन्नतिमा स्वर्णिम वाग्लेसहित र ११ किलो-छेपेटार-भालुस्वाँरा -वारपाक सडक (गोरखा)हरि ढकाल, कविन्द्र बुर्लाकोटीसहित रहेका छन् ।

यस्तै, लुम्बिनी प्रदेशमा घोराही-तुल्सीपुर-सल्यान (पश्चिम रूकुम)मा शिशिर खनाल, न्यू बुटवल -गोरखपुर ट्रान्समिसन लाइनमा
डा. मुकुल ढकाल र लुम्बिनी विकास गुरुयोजनामा लक्ष्मी तिवारीसहितले दबाब यात्रा गर्नेछन् ।

कर्णाली प्रदेश मा भेरी-बबई डाइभर्सनमा बिनिता कठायत, कर्णाली राजमार्ग (दैलेख खण्ड)मा सन्तोष परियार र कोहलपुर-सुर्खेत -जुम्ला ट्रान्समिसन लाइनमा विन्दाबासिनी कंसाकार र अनिलकेशरी शाहले दबाब दिनेछन् ।

सुदूरपश्चिम प्रदेशअन्तर्गत महाकाली करिडोरमा असिम शाह, दैजी-जोगबुढा सडक चन्दा कार्की तथा दीपकराज बोहरा र धनगढी-दीपायल फास्ट ट्र्याकमा विराजभक्त श्रेष्ठसहितले दबाब यात्रा गर्नेछन् ।

रास्वपाले यसअघि नारायणगढ-बुटवल ११३ किमी सडकमा दबाब यात्रा गरेको थियो ।