२१ असार २०८३, आईतवार
,
Latest
सञ्चार क्षेत्रका समस्या समाधानका लागि रचनात्मक सुझावसहित संवादमा आउन महासंघलाई सञ्चारमन्त्रीको आग्रह थाइल्यान्डबाट ल्याइएको २.८ केजी गाँजासहित भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ किसान सूचिकरण अभियानले लियो तीव्र गति, २६ लाख ४५ हजार किसान परिवार सूचीकृत अमेरिकाले भव्य रूपमा मनायो २५०औँ स्वतन्त्रता दिवस- फोटो फिचर कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु सरकारको १०० दिने कार्यसम्पादनबारे कांग्रेसले आज धारणा सार्वजनिक गर्ने पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्ने वा त्रसित बनाउने सरकारको सोच छैनः सञ्चारमन्त्री डा. तिमिल्सिना सुनचाँदीको मूल्यमा सामान्य गिरावट बर्दिबास नगरपालिकाले पूरा गर्‍यो साक्षरताका १२ सूचक, साक्षर नगर घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोमबारको मौसम पूर्वानुमानः चट्याङसहित वर्षाको सम्भावना



अ+ अ-

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। भने, हाल सुदुरपश्चिम प्रदेशका साथै देशका पश्चिमी पहाडी भूभागहरूमा पूर्ण बदली रहि अन्य पहाडी सामान्य बदली रहेको छ। देशका बाँकी भूभागहरूमा आंशिक बदली रहेको छ। यसैगरी, आज दिउँसो सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भूभागहरुमा सामान्य बदली रहि बाँकी भूभागहरूमा आंशिक बदली रहनेछ। 

यता, गण्डकी, लुम्बिनी, कर्णाली  र सुदुरपश्चिम प्रदेशहरुका पहाडी भूभागहरुको थोरै स्थानहरुमा तथा वागमती र प्रदेश १ का एक वा दूई स्थानहरुमा मेघ गर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ । भने, देशको केही उच्च पहाडी तथा हिमाली भूभागहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै, आज राति देशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली भई बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली  र सुदुरपश्चिम प्रदेशहरुको पहाडी भूभागहरुको एक वा दुई स्थानहरुमा मेघ गर्जन र चट्टयाङ सहित वर्षाको सम्भावना रहेको छ ।