१० भाद्र २०८३, बुधबार
,
Latest
भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ? रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार रसुवा बाढीपछि ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन रसुवामा आएको बाढी भूकम्पपछि खसेको हिमपहिरोका कारण हुनसक्ने प्रारम्भिक अनुमान प्रहरी सुरक्षित भए मात्रै नागरिक सुरक्षितः प्रहरी महानिरीक्षक कार्की भोटेकोशी बाढीपछि प्रतिनिधिसभाको कार्यसूची हटाइयो, उद्धारमा जुट्न सभामुखको आग्रह रसुवाको बाढीः उद्धार गरी ल्याएका १३ जनाको काठमाडौँमा उपचार हुँदै राहत र उद्धारका लागि सरकारले राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा समन्वय गरिरहेको छ : परराष्ट्रमन्त्री पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने कांग्रेसको निर्णय बाढीपहिरोका कारण डिजिटल नेपाल कन्क्लेभ २०२६ स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल–भारत सम्बन्धबारे छलफल



अ+ अ-

काठमाडौँ । भारत भ्रमणमा रहेको अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादव नेतृत्वको संसदीय प्रतिनिधिमण्डलले बुधबार भारतको बाह्य मामिला स्थायी समितिका अध्यक्ष पिपी चौधरी नेतृत्वको प्रमण्डलसँग नेपाल–भारत सम्बन्धका विविध पक्षबारे छलफल गरेको छ ।

नयाँदिल्लीमा भएको उक्त भेटमा दुवै पक्षले ऐतिहासिक एवं बहुआयामिक नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ तुल्याउने तथा दुवै देशका जनताबीचको सम्पर्कलाई घनीभूत बनाउनेबारे छलफल गरेको यहाँस्थित भारतीय राजदूतावासले जनाएको छ ।

नेपाली प्रतिनिधिमण्डलले लोकसभाका अध्यक्ष ओम बिरलासँग भेटवार्ता गरेको थियो । रासस