२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar श्रीलंकासँग आर्थिक साझेदारी बलियो बनाउने राजदूत झाको प्रतिबद्धता News Polar तुलसीपुर प्रहरीका लागि ‘बडी बर्न’ क्यामेरा News Polar मतदातासूचीबाट तीन हजार ४७२ मतदाताको नाम हटाइयो News Polar वीरगन्जमा फरार प्रतिवादी प्रक्राउ News Polar कांग्रेस महाधिवेशन : आदिवासी जनजातितर्फको मतगणना सम्पन्न, बहादुर सिंह लामा तामाङ विजयी News Polar प्रधानमन्त्री राहत कोषमा पौने १८ अर्ब मौज्दात News Polar राजदूत सुनारबारे प्रहरीको अभिलेखमा मिलापत्र, डिपोर्टबारे अध्यागमनसँग विवरण छैन News Polar दसैँअवधिभर काभ्रेमा टिपर सञ्चालनमा रोक News Polar ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु News Polar पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्मा देशभर १७ हजार ८२ व्यवसायी दर्ता News Polar चितवनमा नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित News Polar दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय News Polar कांग्रेस खस आर्य महिला केन्द्रीय सदस्यमा भद्रा पराजुलीको अग्रता, जानुका पन्त दोस्रो News Polar भोजपुरमा माटो कमेरोले घर पोत्ने चलन हराउँदै News Polar कोरलानाकाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस News Polar छेपारे पहिरोको पीडाः ‘न बच्यो साहारा, न रह्यो बास’ News Polar भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा News Polar वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो News Polar बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्याः तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन् News Polar दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय

आज नारी दिवसको बेला भन्छु ‘छोरी बचाऊ’ अभियान चाहिन्न

आज नारी दिवसको बेला भन्छु   ‘छोरी बचाऊ’ अभियान चाहिन्न
अ अ+ अ-

छोरी बचाउ अभियान’ बडो राम्रो कार्यक्रम रहेछ । यसले मानिसलाई छोरीलाई जन्म दिन प्रेरित गर्नेछ ।’ केही नेताले यसो भनेको सुन्दा रोउँ कि हासुँ हुन्छ । यो अभियान मलाई जंगलमा ‘बाघ र गैंडा बचाउँ’ अभियान थालनी गरे जस्तो लाग्न थालेको छ ।
‘दाइजो दिनुपर्ने भएकाले छोरी भएमै गर्भमै पहिचान गरी पतन गराउँछन् । छोरीले आमाबुबाको काजकिरिया गर्न सक्दैनन्, त्यसैले छोरीको सहारा हुँदैन, छोराको चाहिन्छ’ भन्ने जस्ता तर्क समाजमा अनेक सुनिन्छन् । त्यसैले छोरी जन्मँदै २० हजार रुपैयाँ राखी उनको नाममा खाता खोलीदियो भने आमाबाबुले छोरी बचाउने प्ररेणा लिनेछन् भन्नेजस्ता ९कु०तर्क दिएर नेताहरू लोकप्रिय हुन खोजेका छन् । सामाजिक, सांस्कृतिक, कानुनी र धार्मिक संस्कार परिवर्तन नगरेर उनीहरू किन ‘छोरी बचाऊ’ जस्तो हास्यास्पद अभियान चलाउन अघि सरे होलान् रु बुझिनसक्नु छ । भारतको उदाहरण हेरेरै नेताहरूले बुझ्नुपर्ने थियो– यसरी पैसा दिएर गरिने ‘छोरी बचाऊ’ अभियान काम लाग्दैन ।
गरिबीको कारणले मानिसहरूले लिंग पहिचान गरेर छोरीको गर्भपतन गराउँदैनन् भन्ने हेक्का नेताहरूलाई किन नभएको होला रु भ्रूणको लिंग पहिचान गरेर गर्भपतन गराउने काम प्रायस् मध्यमवर्गीय र उच्च मध्यमवर्गीयले गर्छन्, किनभने उनीहरू आफ्नो ‘अंश र वंशको रक्षा’ गर्नुपर्छ भन्ने धार्मिक भावनाले पीडित हुन्छन् । 
भारतको धनी र शिक्षित राज्य गुजरातमा समेत छोराहरूको तुलनामा छोरीहरूको जन्म अनुपात कम छ । ती ठाउँमा मानिस धनी छन्, शिक्षित छन्, भारत सरकारको ‘बेटी बचाओ’ अभियानको लागि दिएको २ हजार भारुको उनीहरूलाई केही वास्तै हुँदैन । आफ्नो संस्कृतिप्रति गर्व गर्ने जाट समुदाय बस्ने हरियाणामा पनि छोरीहरू गर्भमै फ्यालिन्छन् । 
दिल्ली र महाराष्ट्र जस्ता शिक्षित ठाउँमा पनि छोरीहरू छन् भने गर्भपतन गरिन्छ । भारतको ‘बेटी बचाऊ’ अभियान पूर्णतस् असफल भएको छ । त्यस्तै अभियान नेपालमा पनि लागु गर्न खोज्दा कसरी सफल होला, नेताज्यू रु
दिगो सामाजिक विकास, धार्मिक संस्कारमा परिवर्तन, कानुनी परिवर्तन नगरी सञ्चालन गरिएका यस्ता अभियानको कुनै काम छैन । भारतमा कतिजना डाक्टरको त रोजीरोटी नै भ्रूण पहिचान गरेर, गर्भपतन गराएबाट चल्छ । भ्रूणको लिङ्ग पहिचान गर्न हुँदैन भन्ने कानुन त पुरानो टालो जस्तोगरी फालिएको छ । भ्रूण पहिचान गर्दा डाक्टरहरूले मुखले केही भन्दैनन्, तर छोरा भए ठिक र छोरी भए गलत भन्ने संकेत गर्छन् । आमाबाबुले कुरा बुझिहाल्छन् र गर्भ राख्ने वा हटाउने सल्लाह सुरु गरिहाल्छन् । 
भारतमा जस्तै नेपालमा पनि त्यही चलन छ । घ वर्षअघि नेपालमा विभिन्न अस्पतालमा गएर ६ महिनाको तथ्यांक हेर्दा मैले के पाएँ भने हरेक प्रसूति गृहमा छोराको जन्म बढी भएको छ । नेपालगन्जको एक अस्पतालमा एकजना स्त्रीरोग विषेषज्ञले भनेको सुनियो, ‘यही अस्पतालमा कार्यरत डाक्टर र नर्स त लिंग पहिचान गराउँछन् तर यहाँ गर्भपतन गराउँदैनन् । उनीहरू कि भारत कि निजी क्लिनिकमा गएर गर्भपतन गराउँछन् र गर्भ तुहियो भनी केही दिन छुट्टी लिन्छन् ।’
  त्यसैले यहाँ तबसम्म ‘छोरी बचाऊ’ अभियान काम लाग्दैन जबसम्म महापुराण भन्ने धार्मिक गुरुले छोरीको पनि अधिकारबारे बोल्न सुरु गर्दैनन् । जबसम्म सरकारी कर्मचारीले संविधानअनुसार आफ्ना सन्तानलाई नागरिकता दिन पाउने महिला अधिकारको रक्षा गर्दैनन् ।
  जबसम्म राजनीतिक नेताहरूले छोरी पाउँदा उदास अनुहार बनाएर बस्न छाड्दैनन् । जबसम्म स्वास्थ्यकर्मीले पनि छोरीको जन्म भए मातापितालाई सानो स्वरमा ‘छोरी भएकी छिन्’ भन्न र छोरा भए ठूलो मुस्कानसहित बधाई दिन छाड्दैनन् । के यस्ता संस्कार नबदलेसम्म ‘छोरी बचाऊ’ अभियान सफल होला रु पटक्कै विश्वास छैन । ‘छोरी बचाऊ’ अभियान होइन, नागरिकसरह संविधानप्रदत्त अधिकार चाहिएको छ ।