• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो,घरजग्गा कर्जामा राष्ट्र बैंक लचक ★   कांग्रेसले तयारीका लागि समय मागेपछि संसद् बैठक बस्न ढिलाइ ★   प्रतिपक्ष दलको बैठक बानेश्वरमा सुरु ★   ‘पुजार सार्की’मा आर्यन: विगतभन्दा ‘टफ’ भूमिका, लुक्समा आफ्नै पिताको नक्कल ★   संसदभित्रै सांसदले सारी तानेपछि… ★   सदनको गतिरोध हटाउन सभामुख र प्रमुख सचेतकबिच छलफल जारी ★   घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   सिंहदरबारमा प्रचण्ड, ओली र रवि छलफलमा ★   विपक्षी दलहरुको बैठकमा बोलाइएपछि माधव नेपाल संकटमा ! ★   कांग्रेसले बोलायो विपक्षी दलहरुको संयुक्त बैठक, माधव नेपाललाई पनि निम्तो

पनौती त्रिवेणीघाटमा मकर मेला झल्किने कलाकृति तयार हुँदै



धुलिखेल । चित्रकार आयुश बज्राचार्य नेतृत्वको टोली त्रिवेणीघाट मन्दिर परिसरका घरका भित्ता कलात्मक चित्रले भर्न व्यस्त छ । यही काममा टोली करिब एक महिनादेखि नै लागिरहेको छ ।

टोलीले कोरेको चित्रकलामा पनौतीको धार्मिक, ऐतिहासिक र पुरातात्विक इतिहास झल्कन्छ । पनौती नगरपालिका–६, ७ र ९ को सङ्गमस्थल त्रिवेणीघाटमा लाग्ने बाह्रवर्षे मकर मेला र पनौतीको पौराणिक इतिहास झल्किने कलाकृति तयार भइरहेको हो । पनौती पर्यटन विकास केन्द्रको अगुवाइमा बागमती प्रदेश सरकारको सहयोगमा सो कलाकृति तयार पार्ने काम भइरहेको केन्द्रले जनाएको छ ।

धार्मिक, सांस्कृतिक एवं पुरातात्विक सहर पनौती त्रिवेणीघाट परिसरमा रहेको घरको मन्दिरपट्टी तर्फका घरका भित्तामा बाह्रवर्षे मकर मेला र पनौतीको पौराणिक इतिहास झल्किने कलाकृति तयार भइरहेको पनौती पर्यटन विकास केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्यले बताउनुभयो । चित्रकला कर्माचार्यकै परिकल्पनामा तयार पारिएको हो ।

केन्द्रका अध्यक्ष कर्माचार्यले पनौतीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने प्रक्रिया अगाडि बढाइरहेको अवस्थामा पर्यटकलाई थप आकर्षित गर्नका लागि त्रिवेणी घाटमा कलाकृति निर्माण गरेको बताउनुभयो । त्यसका लागि प्रदेश सरकारले रु २५ लाख बजेट विनियोजन गरेको उहाँको भनाइ छ ।

“पनौतीको प्रचारप्रसारको यो नयाँ प्रयास हो, हाम्रो प्रयासलाई पूर्णता दिनका लागि बागमती प्रदेश सरकारले आर्थिक सहयोग गरेको छ”, उहाँले भन्नुभयो, “२०७८ सालमा आयोजित मकर मेलामा हाल चित्र कोरिरहेको घरका भित्तामा फ्लेक्स राखिएको थियो ।”

कलाकृति तयारीसँगै त्रिवेणीघाट आसपासमा वृक्ष रोपणको काम भएको पनौती पर्यटन विकास केन्द्रले जनाएको छ । निर्माण भएको कलाकृति शालिनदीमा भइरहेको माधव नारायणका व्रतालु स्नानका लागि पनौती त्रिवेणीघाटमा आउने अवसर पारेर उद्घाटन गर्ने तयारीमा रहेको उहाँले बताउनुभयो । उत्तर प्रयागको रुपमा परिचित त्रिवेणीघाट पनौतीको पहिचान हो । रासस