२७ मंसिर २०८२, शनिबार
,
Latest
नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु ललितपुरमा ‘स्वदेशी बजार’ प्रदर्शनी शुरु एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोडिनेछः मन्त्री घिसिङ भोजपुरको काफ्ले डाँडालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

निराशा, आक्रोश, उत्तेजना बढाई दोष अरूलाई थोपरेर देश बन्दैन: केपी ओली



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निराशा, आक्रोश, उत्तेजना बढाउने र दोष अरूमाथि थोपर्ने गरेर देश नबन्ने बताउनुभएको छ ।

सबैको सकारात्मक प्रयासबाट मात्र देश बन्ने ओलीको धारणा छ । ‘निराशा, आक्रोश, उत्तेजना बढाउने र दोष अरूमाथि थोपर्ने गरेर हुँदैन, हामीले के सकारात्मक प्रयास गर्छौँ, राष्ट्रिय आत्मविश्वास कसरी जगाउँछौँ, त्यसमा भर पर्छ’, ओलीले बुधबार सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्नु भएको छ ।

व्यक्ति–व्यक्तिको आत्मविश्वासबाट राष्ट्रिय आत्मविश्वास सिर्जना हुने उहाँले प्रष्ट पार्नुभएको छ । ‘हामीले राष्ट्रिय आत्मविश्वास जगाउनुपर्छ’, ओलीको धारणा छ ।

देश किन बनेन भन्ने प्रश्नमा मात्र सीमित रहेर देश नबन्ने उहाँले स्पष्ट पार्नुभएको छ । अध्यक्ष ओलीले देश बनाउन राष्ट्रिय आत्मविश्वासका साथ काम गर्नुपर्ने उल्लेख गर्नुभएको छ । ‘हामी हरेक दिन देश किन बनेन भन्ने प्रश्नमै सीमित हुन्छौँ, देश बनाउन राष्ट्रिय आत्मविश्वासको आवश्यकता छ’, ओलीले लेख्नु भएको छ ।

देशमा अहिले काम गर्ने सक्रिय उमेरेको ६० प्रतिशत जनशक्ति भएकोले देश बनाउने उचित समय यही भएको उहाँले उल्लेख गर्नुभएको छ । ‘देशमा अहिले काम गर्न सक्रिय उमेर समूहको जनसङ्ख्या ६० प्रतिशत भएकाले देश बनाउने बेला यही हो, सक्रिय उमेर समूहलाई देश निर्माणमा लगाउन नसके ज्येष्ठ नागरिक सङ्ख्या बढी भएको, काम गर्नेभन्दा आश्रित भएर खानेको, उत्पादन गर्नेभन्दा उत्पादन खपत गर्ने बढी जनसङ्ख्या भएको देश हुन्छ, राष्ट्रको आत्मविश्वास निर्माणमा हामी हरेकले लाग्नु पर्ने आवश्यकता छ’, ओलीको धारणा छ ।