• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

दक्षिण अफ्रिकासँग मोरक्को स्तब्ध



एजेन्सी । जारि अफ्रिका कप अफ नेसन्समा दक्षिण अफ्रिकाविरुद्ध स्तब्ध हुँदै मोरक्को बाहिरिएको छ ।

मंगलवार राती भएको प्रि-क्वाटरफाइनलमा दक्षिण अफ्रिकासँग २-० को हार बेहोर्दै मोरक्को प्रतियोगिताबाट बाहिरिएको हो ।

खेलको ५७औ मिनेटमा दक्षिण अफ्रिकाका एभिडेन्स माक्गोपाले थेम्बा ज्वानेको पासमा गोल गर्दै टीमलाई अग्रता दिलाएका थिए ।

८५औ मिनेटमा पाएको पेनाल्टी मार्फत खेल बराबरी गर्ने अवसर पाएपनि मोरक्कोले मौका गुमाएको थियो । अक्राफ हकिमीले हानेका पेनाल्टी क्रसबारमा लागेर बाहिरिन पुग्यो ।

थप इन्ज्युरी समयको चौथो मिनेटमा मोरक्कोका सोफ्यान अम्राले रेड कार्ड पाए । त्यसको अर्को मिनेटमा दक्षिण अफ्रिकाका तेबोहो मोकोएनाले गोल गर्दै जित सुनिश्चित गरे ।

अब दक्षिण अफ्रिकाले सेमिफाइनल प्रवेशका लागि केप भर्डे विरुद्द खेल्ने छ ।